नीता राउत चरिकोट – सगरमाथा आरोहण चुनौती पूर्ण छ र यो आफैमा एउटा रेकर्ड हो । तर धेरैले सगरमाथा आरोहणसंगै थप रेकर्ड पनि बनाएका छन् । सबैभन्दा छिटो आरोहण गर्ने, सानो उमेरमा आरोहण गर्ने, बढी उमेरमा आरोहण गर्ने, बिना अक्सिजन आरोहण गर्ने आदि आदि । यस्तै नयाँ रेकर्डका साथ सगरमाथा आरोहण गर्ने लक्ष्य लिएकी छन् लखाको उत्तरी गाँउ गौरीशङ्कर गाँउपालिका स्थित सिमीगाँउकी २३ बर्षिय दाबुटी शेर्पाले । सिमीगाउँमा विसं २०५१ सालमा जन्मिएकि दाबुटी शेर्पा नेपाली कफी प्रमोशन गर्ने उदेश्यका साथ पहिलो बारिष्टा महिला शेर्पा सगरमाथा अभियान सन् २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेकी छन् ।
सन् २०१३ मा मितिनी क्याफेबाट कफी सम्बन्धी तालिम लिएकी उनले राम्रो काम गरेकै कारण मितिनि क्याफेमानै काम गर्ने अवसर पाईन । काममा केही बर्षको अनुभव पश्चात उनले मितिनी क्याफेबाट नै कफी सम्बन्धी तालिम दिदै आफ्नो पेशालाई अगाडी बढाई रहेकी छन् । अहिले उनी बौद्धमा मितिनीकै शाखाको रुपमा आफ्नै मितिनी नामकै क्याफे सञ्चालन गरिरहेकी छन् । सगरमाथाको आरोहण गर्ने आफ्नो सानो देखिको शौख पनि पुरा हुने र आफ्नो व्यवसायको प्रवद्धन पनि हुने भएकोले कफी सहितको आरोहणको तयारीमा लागेको दाबुटी बताउछिन् । नेपाली कफी हामी नेपालीहरुले कहिल्यै प्राथामीकतामा राखेनौ दाबुटीले भनिन् – यसको बजार विदेशमामात्र सिमित भयो त्यसैले नेपाली कफीको बजार नेपालमै प्रमोसन गर्न सगरमाथा आरोहणको तयारीमा छु ।
कफीको प्रमोसन सहित गरिने सगरमाथा आरोहणले विदेशमा राम्रो बजार पाएको नेपाली कफीले नेपालमा समेत त्यस्तै राम्रो बजार पाउने विश्वास आफुले लिएको दाबुटी बताउछिन् । नेपालमा कफी खेतीलाई व्यवसायीक रुपमा अगाडि बढाउने र नेपालमै बजारको व्यवस्थापन गर्न सके देशबाट भै रहेको युवा पलाएनलाई समेत रोक्न सकिने दाबुटीको भनाई छ । दाबुटीले नेपाली कफी प्रमोसनको लागि सगरमाथाको चुचुरोमा पुगेर कफी बनाई अन्य आरोहिहरुलाई दिने योजना बनाएकी छन् । त्यसैगरी क्याम्प १, २, ३ र ४ मा पनि सगरमाथा आरोहणमा सहभागि पर्यटकलाई कफि खुवाउने लक्ष्य लिएको दाबुटी बताउछिन् । सगरमाथा आरोहण तयारीको लागि दोलखाको रोल्वालिङ्ग क्षेत्रमा पर्ने राम्दुङ्ग पिक र ऐलुंग पिक सफल्तापुर्बक आरोहण गरी फर्केको शेर्पाले पिक आरोहणले आत्मा विसव्स बडेको बताईन । साथै नेपाली कफीको प्रमोसन सहित सगरमाथा आरोहण गर्ने आफ्नो योजनामा साथ दिन सबैलाई उनले आग्रह गरेकी छन् । शेर्पा लाई बिस्वमा फरक ढंग भाट चीनउन लगेकोमा बरिस्ट दाबुटी शेर्पा लाई हिमाली सन्देश टीमको अग्रिम सुभकामना
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology