• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

भ्यू टावरबाट आठवटा हिमशृङ्खला देख्न सकिने


समायोजन खबर
  • बुधबार, मंसिर २० २०७४

  • भक्तपुर, २० मंसिर : चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ ।
    मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १० तलाको भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको जानकारी दिनुभयो । कूल रु एक अर्ब ५३ करोडको लागतमा निर्माण हुने भ्यू टावरबाट आठवटा हिमशृङ्खला देख्न सकिने, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड, चारवटा लिफ्ट, लक्जरी रुम र दशौँ तलामा रिभोलिङ अर्थात् घुम्ने रेस्टुरेन्टको समेत व्यवस्था गरिने नगरप्रमुख मिश्रको भनाइ थियो ।
    सार्वजनिक निजी साझेदारीको अवधारणामा यसै वर्षदेखि निर्माण शुरु गरिने उक्त भ्यू टावरसहितको होटल अन्तर्राष्ट्रिय मापदण्डअनुसार २० देखि ३० वर्षसम्मका लागि लगानी गर्ने प्राइभेट कम्पनीलाई दिएर नगरपालिकाको स्वामित्वमा आउने गरी व्यवस्थापन मिलाइएको छ । सांस्कृतिक संग्रहालय, सपिङ सेन्टर, मूर्तिकला कला तथा हस्तकला, सभा हल, फिटनेस सेन्टर, लक्जरी रुम, सूर्योदय हेर्ने भ्यू टावर, पौडीपोखरीलगायतको संरचना रहनेछन् । कूल एक लाख ५० हजार वर्गफिट क्षेत्रफलमध्ये १४ हजार ५०० वर्गफिट क्षेत्रफलमा संरचना निर्माण हुने साई संकेत नेपालका अध्यक्ष गोकर्ण खनालले जानकारी दिनुभयो ।
    कार्यक्रममा आर्किटेक अमृता पराजुलीले लिफ्टको प्रयोगबिना कुनै पनि तलामा जान नमिल्ने र चौथो तलाभन्दा माथिको संरचनामा जान लिफ्टको अनिवार्य प्रयोग गर्नुपर्ने, कोठामै बसेर दृश्य अवलोकन गर्न सकिने र सिधै भ्यू टावरमा जानका लागि छुट्टै लिफ्टको व्यवस्था गरिएको बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology