• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगामा निर्वाचनका लागि १ हजार १ सय २८ कर्मचारी खटाइने

ओखलढुंगामा निर्वाचनका लागि १ हजार १ सय २८ कर्मचारी खटाइने


समायोजन खबर
  • बिहिबार, मंसिर ७ २०७४

  •  
     ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा जिल्लामा १ हजार १ सय २८ जना कर्मचारी खटाइने भएको छ ।
    पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा १ हजार १ सय २८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।
    मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारी परिचालन गरिनेछ ।
    एकसय ४१ मतदान अधिकृत, १ सय ४१ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिएका छन् । निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतसहित एक मतदान केन्द्र बराबर चार सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी गरी आठजना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत केसीले बताए ।
    निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला आइपुगिसकेका छन् भने निर्वाचन सामग्री सम्बन्धित निर्वाचनस्थलहरुमा पठाउने तयारी भइरहेको छ । जिल्लामा एक नगरपालिकासहित सातवटा गाउँपालिकाभित्र १ सय ४१ मतदान केन्द्रमार्फत मतदान हुँदैछ । प्रतिनिधिसभाको चुनावमा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।
    निर्वाचनको सुरक्षाका लागि सम्पूर्ण मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology