• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

को हुन सोलुखुम्बु जिल्लाका प्रतिनिधी सभा उमेदवार लाक्पा शेर्पा ?

को हुन सोलुखुम्बु जिल्लाका प्रतिनिधी सभा उमेदवार लाक्पा शेर्पा ?


फुर्वा शेर्पा
  • बुधबार, मंसिर ६ २०७४

  • उनै हुन लाक्पा शेर्पा जसले शेर्पां संस्कृति, रितिरिवाज जोगाउन हिमालयन शेर्पा स्वास्कृति केन्द्रको सद्स्य, उपध्यक्ष हुँदै केन्द्रिय अध्यक्ष पदमा रहेर शेर्पाहरुको लोप हुँदै गैरहेको संस्कृतिलाई जगेर्ना गर्नको लागि हरेक जिल्ला गाउ तह सम्म भाषा स्वास्कृतिको संरक्षण अभियानमा अग्रणी भूमिका खेल्दै आउनु भएका लाक्पा शेर्पा पेशाले शिक्षक भएता पनि उनको धेरै समय समाज सेवामा नै बिताउने गरेका छन l शेर्पा समुदायमा मात्र नभएर समग्र आदिबासी जनजातिको हक अधिकारको निमित उनले धेरै योगदान पुराउनु   भएको छ l सामाजिक अभियानताको रुपमा रहेर समाजको हरेक तह तप्का सम्मा पुगेर जनचेतना जगाउने, समाजको आर्थिक बिकास उन्नति र समृदिको लागि हरदम लागि परि रहने कुशल र सफल नेतृत्व लाक्पा शेर्पा  शेर्पा स्वयात्त प्रदेश संयुक्त संघर्ष समितिको अध्यक्ष समेत रहेर उनकै नेतृत्त्वमा सोलुखुम्बु लगायत दोलखा, रामेछाप्, ओखलदुङ्घ, सिन्दुपाल्चोक, खोटांङ, ताप्लेजुङ्ग र भोजपूरमा समेत प्रादेशिक अन्दोलन उठाउन सफल भएको थियो भने उनकै नेतृत्त्वमा संबिधानमा नेपाललाइ धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु पर्ने, पहिचान सहितको संघियाता र संघियता सहितको संबिधान जारी गर्नु पर्ने, सबै उत्पिडित महिला, दलित,अपांगहरुको अधिकार सुनिचित हुनुपर्ने भन्दै हजारौको संखायाको आन्दोलनकर्मीले संबिधान सभा भवन घेराउ गरी दबाबमुलक आन्दोलन गर्न सफल भएका थिए l

    उम्मेद्वार शेर्पाकेा एजेन्डाहरू यस्तेा छ ।

    हाम्रो संघीय समाजवादी एजेण्डा वेश पार्टी नै हो । ईश्यूवेश पार्टी नै हो । आदिवासी जनजातिको मुद्धा अरु पार्टीहरुबाट स्थापित नहुँने देखिसकेपछि आदिवासी जनजाति, मधेसी र खसहरु मिलेर संघीय समाजवादी निर्माण भएको हो । त्यसकारणले गर्दाखेरी ईश्यूवेश पार्टी, एजेण्डाबेश पार्टी नै हो । हाम्रो पार्टिगत हिसाबले राष्ट्रिय एजेण्डा भनेको नेपाल जातिगत रुपले तीन वटा क्लस्टरले बनको छ । खसआर्य, आदिवासी र मधेशी क्लस्टरले बनेको छ । यो तीनवटा क्लस्टर, एउटा ओदानको तीन वटा खुट्टा जस्तै हो । त्यो तीन वटा खुट्टा उभिसकेपछि एउटा चुलो निर्माण हुन्छ, अथवा ओदान निर्माण हुन्छ । त्यसमाथि मात्रै जनताले खाने राम्रा चिजहरु पाक्छन् । र त्यो तीन वटा चिज माथी पकाएर हामीले सबैलाई बाड्ने हो । त्यो भनेको पहिचान र अधिकार हो, समृद्धि हो । राज्यमा समान पहुँच हो । त्यसकारण यो एजेण्डा सहित हामी अघि आएका छौं । र अर्को कुरा के हो भन्दाखेरी अहिले चुनाव यस्तो अवस्थामा पुग्यो देशको यो निर्वाचनको एउटा ढंग, तरिका । अब पत्रकारले चुनाव लड्नै नसक्ने भो । कलाकारले पनि चुनाव लड्नै नसक्ने भो । म त अलिकति शिक्षण पेशाको मान्छे, मैले पनि लड्न नसक्ने परिस्थिति निर्माणहुँदै गएको छ । त्यही पनि म कोशिस गरिरहेको छु । बुद्धिजीवि सर्कलले पनि चुनाव लड्न नसक्ने भो । चुनाव अब कस्तोले लड्ने भो भन्दा कपरेटको मालिक । भ्रष्टाचारी, दलाली, ठूलाठूला व्यापारीहरुले मात्रै चुनाव लड्न सक्ने र राज्य तिनीहरुको कब्जामा जाने परिस्थिति क्रमशः निर्माण भएर गयो । अहिले बुद्धिजीवि सर्कल जो पत्रकार, कलाकारदेखि लिएर शिक्षक जो बुद्धिजीवि सर्कलभित्र पर्छन्, उनीहरु निराशाको स्थितिमा छन् । वास्तवमा अब देश कर्पोरेटका मालिकहरुको हातमा जाने भो, भनेर बुद्धिजीविहरु चिन्तामा छन् । त्यस कारण एक खालको निराशा पनि छ । वास्तवमा मैले अहिले सोलु घुम्दाखेरी र स्थानीय तहदेखि आजसम्मको परिस्थितिमा मैले अनुभव गर्दाखेरी वास्तवमा यस्तो निर्माण भएको छ । यो परिस्थिति निर्माण भएको यसलाई चिरेर अगाडि बढ्ने, र सबैको अपनत्व हुने हिसाबको राज्य निर्माण गर्ने । जहाँनिर कर्पोरेटका मालिक पनि आओस । बुद्धिजीविहरु धेरै होस, त्यसले एउटा देशलाई सही मार्गमा डो¥याओस भन्ने खालको नै मेरो एजेण्डाहरु छन् ।

    सोलुखुम्बुको जनताले संघीय समाजवादी फोरमको उमेदवार लाक्पा शेर्पालाई किन भोट दिने ?
    सोलुखुम्बुको जनताले मलाई किन भोट दिने भने मैले गरेको कुरा २१ औं शताब्दी सुहाउँदो, नेतृत्व स्थापित गर्ने, र त्यो नेतृत्वले अहिलेको २१ औं शताब्दी सुहाउँदो समाजलाई अगाडि बढाउनको लागि र सबैको अधिकार, सबैको पहुँच, सबैको अपनत्व महशुस हुने खालको राज्य निर्माण गर्नको लागि, र हिमाली क्षेत्रमा वर्षौंदेखि अनेकौं खाले उत्पीडनहरु सहेका छन् । त्यसमा लाक्पा शेर्पाले संघर्ष गर्नेवाला छ, त्यो उत्पीडन बुझेको छ । त्यो उत्पीडनलाई अन्त गरेर सबैलाई एउटा राज्यप्रति गौरव महशुस हुने खालको वातावरण निर्माण गर्नको लागि । अर्को तर्फ जो विराटनगरमा प्रदेशको राजधानी बनाइदै छ । त्यसले सोलुको जनतालाई सबैभन्दा दुःख हुनेवाला छ, पीडा हुनेवाला छ । खुम्बुमा लगाएको बक्खु विराटनगरमा पुग्दाखेरी त्यो लगाउन नसकिने परिस्थिति निर्माण भएको छ । र साँस्कृतिक रुपले अथवा भेषभूषागत साँस्कृतिक रुपले खानपानगत साँस्कृतिक कल्चरको रुपले पनि विराटनगर हिमाली क्षेत्रको जनताको लागि उपयुक्त ठाउँ होइन । त्यसकारणले हामीलाई त्यसको खबरदारी गर्नको लागि र हिमाली क्षेत्रलाई अलिकति सजिलो पर्ने खालको प्रदेशको राजधानी निर्माण गर्ने खालको वातावरण बनाउनलाई दवाव दिनको लागि र जो दलितहरुप्रति उत्पीडन छ पहिले देखि उनीहरुले मानव हुँ, अथवा मान्छे जस्तो व्यवहार भएको छैन उनीहरुप्रति छुवाछुत अझै पनि समाजमा कायमै छ । त्यसको विरुद्धमा खुलेर आवाज उठाउनको निमित्त र २१ औं शताब्दी सुहाउँदो युवाहरुलाई राजनीतिक सचेतना र सुझबुझ सहित अगाडि बढाएर त्यसपछि देशलाई एक खालको निकास दिनको निम्ति र त्यो मुद्धाहरुलाई राष्ट्रिय रुपमा उठाउनको निमित्त र मैले अर्को भन्नै पर्ने एउटा कुरा के हो भने अहिले तगडा र तिष्ण बुद्धि भएको र अलिकति समाजमा केहि गर्छु भन्ने युवाहरु निराशा भएर विदेश पलायन हुने । अरुअरु विषय लिएर अरुअरुतिरै जाने जुन खालको परिस्थिति निर्माण भएको म आम युवाहरुमा पनि के भन्न चाहन्छु भने तिष्ण बुद्धि भएका युवाहरु राजनीतिमा लागेन भने अथवा त्यो मान्छे आएन भने गवारहरुको हातमा राज्य सत्ता गैसकेपछि आम जनातले दुःख पाउँछन्, त्यसको सचेतनाको निम्ति लाक्पा शेर्पालाई मत दिनु पर्छ र जिताउनु पर्छ, भन्ने मेरो आग्रह हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology