• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चुनावी परिणामलाई प्रभावित पार्न चार जिल्लामा सिडियो सरुवा

चुनावी परिणामलाई प्रभावित पार्न चार जिल्लामा सिडियो सरुवा


समायोजन खबर
  • बुधबार, मंसिर ६ २०७४

  • काठमाडौं, मंसिर ६ सरकारले चुनावी परिणामलाई प्रभावित पार्न पहिलो चरणमा चुनाव हुने चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

    निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा कुनै पनि तहका कर्मचारी सरुवा गर्न नपाइने भए पनि सिडियो जस्तो जिल्लाको सम्पूर्ण सुरक्षा तथा प्रशासनिक नेतृत्व गर्ने कर्मचारीलाई नै सरकारले सरुवा गरेको हो । गृहमन्त्रालयले भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार भोजपुरमा फडिन्द्र दाहाल, सोलुमा सुनिल खनाल, रसुवामा चोमेन्द्र न्यौपाने र नुवाकोटमा विरेन्द्र यादवलाई पठाइएको छ ।

    पाँच दिनपछि हुने मतदानमा यसअघि भएका सिडियोले कांग्रेसलाई सहयोग नगर्ने जिल्लाका पार्टी नेतृत्वको सिफारिसमा गृहमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सरुवा गर्न निर्देशन दिनुभएको स्रोतको भनाइ छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology