• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सेालुखुम्बुकेा ज्वालामाई मन्दिरमा ८ लाख भेटी संकलन

सेालुखुम्बुकेा ज्वालामाई मन्दिरमा ८ लाख भेटी संकलन


समायोजन खबर
  • शनिबार, मंसिर २ २०७४

  •  
      २ मंसिर – सोलुखुम्बु जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ज्वालामाई देवीको मन्दिरमा यस बर्ष ८ लाख बढि भेटि संकलन भएको छ । देविको दर्शन पछि आफ्नो हरेक मनोकाक्षां पुरा हुने विश्वासका साथ त्यहा पुगेका भक्तजनहरुले चढाइएको भेटी गणना गर्दा ८ लाख संकलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव भाइकाजी पुलामी मगरले जानकारी दिनुभयो । संकलन भएको रकम मन्दिर व्यवस्थापनमा खर्च गरिने जनाइएको छ ।

    कार्तिक शुक्ल एकादशीदेखि हालसम्म ५ हजार भन्दा बढी भक्तजनहरु देवीको दर्शनका लागी आएका व्यबस्थापन समितीले जनाएको छ । विगत बर्षहरुको तुलनामा यस बर्ष भक्तजनहरुको आगमन समेत बढेको मगरले बताउनुभयो ।

    सल्लेरीबाट सिधै तामाखानीसम्म यातायातका साधन जान आउन थालेपछि विगतको भन्दा दोव्बर आन्तरीक पर्यटक बढेको मन्दिर व्यबस्थापन समितीले जनाएको छ मन्दिरमा रुद्रीपाठ गर्ने, लाख बत्ती बाल्ने तथा आफ्नो मनोकांक्षा पुरा भएकाहरुले देवीको नाममा गरगहना चढाउने गरेका छन् । मन्दिरमा दिनहु जसो टाढा टाढाका भक्तजनहरु पुग्ने गरेका पुजारी विक्रम बहादुर राजभण्डारीले बताउनुभयो ।

    मन्दिरमा सोलुखुम्बुको विभिन्न गाउँपालिका साथै छिमेकी जिल्लाहरु ओखलढुङा, खोटाङ, रामेछाप, उदयपुर, ताप्लेजुङ लगायतका नेपालका विभिन्न क्षत्रबाट दर्शनार्थीहरु पुग्ने गरेका छन् । दर्शनका लागि आउने भक्तजनले मन्दिरको प्रचारप्रसारमा ध्यानदिनुपर्ने सुझाव दिएका छन् । – solufm

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology