एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिताको उपाधी नेपाली धावकले जितेका छन् ।
म्याराथन दौड अन्र्तगत पुरुषतर्फ विश्व बिख्यात धावकलाई पछि पार्दै सोलुखुम्वुको महाकुलुङ गाउँपालिका ५ का २६ वर्षीय सुमन कुलुङले उपाधी जितेका हुन् । कुलुङले दोलखाको पर्यटकीय नगरी जिरीदेखि सोलुखुम्वुको लुक्लासम्मको १ सय ६० किलोमिटरको दुरी १८ घण्टा ५५ मिनेट ५० सेकेण्डमा पार गर्दै म्याराथनको उपाधी हात पारेका हुन् । कुलुङले एभरेष्ट म्याराथनका यसअघिका सवै रेकर्डलाई तोडेका छन् । ७ वटा प्रतियोगिता मध्ये सवैभन्दा कम समयमा निर्धारित दुरी पार गरी उपाधी हात पार्ने कुलुङ पहिलो धावक हुन् । दोस्रो हुन सफल विश्व विख्यात स्पेनिस धावक लुईस अलवेन्द्रोले निर्धारित दुरी १९ घण्टा १२ मिनेट ४१ सेकेण्डमा पुरा गरेका छन् । सोही दुरी पार गर्न २० घण्टा ४७ मिनेट ३१ सेकेण्ड लगाएका स्कट ल्याण्डका सोन्द्रे अम्दहल भने तेस्रो भएका छन् ।

एभरेष्ट म्याराथन दौड अन्र्तगत महिला तर्फको उपाधी पनि नेपाली धावकले नै हात पारेकी छिन् । खुम्वु पासङल्होमु गाउँपालिका ९ की २९ वर्षीया छेची शेर्पाले निर्धारित दुरी २७ घण्टा २९ मिनेट ५० सेकेण्डमा पुरा गर्दै उपाधी जितेकी हुन् । शेर्पा ६ महिना अघि कञ्चनजंघादेखि चिनको सिमाना हिल्सा सम्मको १८ सय किलोमिटर दुरी ४५ दिनमा पुरा गर्दै दोस्रो हुन सफल धावक हुन् । एभरेष्ट म्याराथनमा दोस्रो हुन सफल पोर्चुगलकी अलवेष्ट एस्टरले निर्धारित दुरी २७ घण्टा ५५ मिनेट ५९ सेकेण्डमा पार गरेकी छिन् । २९ घण्टा ३२ मिनेट १० सेकेण्डमा पुरा गरेकी स्वीडेनकी वेर्निस एलिजावेथ भने तेस्रो भएकी छिन् ।
महिला र पुषरुतर्फ छुट्टाछुट्टै मुल्यांकन गरिएको प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार प्रदान गरिनेछ भने द्धितिय हुनेले १ लाख र तृतीय हुने नगद ५० हजारसहित मेडल र ट्रफी पाउनेछन् । म्यारथन दौडका विजेताहरुलाई भोली राजधानीमा एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिने आयोजक अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक कार्मी शेर्पाले जानकारी दिनुभयो । धावकहरुले प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्ग भएर एभरेष्ट म्याराथन दौड पुरा गरेका हुन् । अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसनको आयोजनामा यही कार्तिक २३ गतेदेखि दोलखाको पर्यटकीय नगरी जिरीबाट सुरु भएको म्याराथन दौड प्रतियोगितामा नेपाल सहित १३ राष्ट्रका ४१ जना धावकको सहभागिता रहेको थियो । जसमध्ये ९ जना महिला र ३२ जना पुरुष धावक रहेका थिए ।
अन्नपूर्ण टे«क्स एण्ड एक्सपिडिसनले प्रथम सगरमाथा आरोही हिलारी र शेर्पाको पदमार्गलाई अन्तराष्ट्रिय रुपमा चिनाई राख्न र यसलाई जीवित राख्ने उद्देश्यका साथ सन् २०११ देखि वर्षेनी एभरेष्ट म्याराथन दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । एभरेष्ट म्याराथन विस्वकै सवैभन्दा बढी उचाईमा हुने दौड प्रतियोगिता हो ।
हेर्नुहोस् एभरेष्ट ट्रायल रेस म्याराथन प्रतियोगिताका रोमाञ्चकारी केहि दृश्यहरु । (तस्वीर सौजन्यः आयोजक)














समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology