६ नेाबेम्बर २०१७
दक्षिणी र मध्य भियतनामलाई तहसनहस पारेको आँधी डाम्रेका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ।२० जनाभन्दा बढी हराइहेको विवरणहरुमा जनाइएको छ।
भियतनाममा शनिबार प्रवेश गरेको डाम्रे आँधीको गति ९० किलोमिटर प्रति घण्टा छ। ४० हजारभन्दा बढी घरमा क्षति पुगेको छ।आँधी प्रभावित क्षेत्रबाट विदेशी पर्यटकहरुसहित ३० हजारभन्दा बढी मानिसको उद्धार गरिएको बताइएको छ।
यो साताको उतरार्द्धतिर हुने एसिया प्रशान्त आर्थिक सहकार्यसम्बन्धी संगठन एपेकको शिखर सम्मेलन हुन लागेको तटीय शहरभन्दा ५ सय किलोमिटर टाढा रहेको क्षेत्र सबैभन्दा बढी प्रभावित स्थान हो।भियतनाममा बर्सेनि भीषण आँधी आउने गर्छ जसका कारण उत्पन्न बाढीबाट कैयौं मानिसले ज्यान गुमाउने गर्छन्।सामान्यतया उत्तरी भेगमा आउने आँधीले यसपटक दशकौंपछि दक्षिणी भेगमा व्यापक क्षति निम्त्याएको मौसमविद्हरुले बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology