संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाको परमाणु खतरा सामना गर्न आफूहरुको साझा अडान रहेकोमा जोड दिएका छन्।
जापानी प्रधानमन्त्री आबेले सबै विकल्पहरु खुला रहेको तथा कुनै पनि अन्तर्राष्ट्रिय कारबाहीको जापान र अमेरिकाले नेतृत्व प्रदान गर्ने बताए।
टोकियोले पैंतीस वटा उत्तर कोरियाली संगठन र व्यक्तिविरुद्ध थप प्रतिबन्ध घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकासँग किनेका सैन्य उपकरणको प्रयोग गरी जापानले द्रुत गतिमा उत्तर कोरियाली क्षेप्यास्त्रहरुलाई मार हानी खसाल्न सक्ने बताए।
यसैबीच जापानी प्रधानमन्त्री आबेले “आवश्यक परेमा” उनको देशले ती क्षेप्यास्त्रहरु रोक्न सक्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पको जापानको पहिलो राजकीय भ्रमणको समापनका क्रममा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्प र आबेले यी भनाइ राखेका हुन्।
हालैका महिनामा उत्तर कोरियाले जापानी भूभागमाथि हुँदै दुई पटक लामो दुरीका ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
उक्त पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै ट्रम्पले भने- अमेरिकाबाट आबेले “ठूलो मात्रामा सैन्य उपकरण” किन्दै छन्।
उत्तर कोरियाली क्षेप्यास्त्रहरुतर्फ इंगित गर्दै उनले खरिद प्रक्रिया सकिएपछि ती क्षेप्यास्त्रहरुलाई “आकाशमा उडिरहेको अवस्थामै खसाल्न सकिने” बताउँदै यसले अमेरिकीहरुलाई रोजगारी दिनुका साथै जापानलाई सुरक्षा दिने बताए।उत्तर कोरियाका कारण उत्पन्न “एकदम अप्ठेरो” परिस्थितिले गर्दा जापानले आफ्नो रक्षात्मक क्षमता गुणात्मक तथा संख्यात्मक हिसाबमा बढाउनु पर्ने आबेले बताए।ट्रम्पको भ्रमणका क्रममा सैन्य सम्झौतामा हस्ताक्षर भएको छ कि छैन भन्ने स्पष्ट छैन तर जापानमा अमेरिकाका कैयौँ सैन्य अखडाहरुले रहेका छन् र यी दुई देश निकटका सैन्य साझेदारहरु हुन्।जापानको सेना छैन तर त्यसको साटो वर्तमान शान्तिवादी संविधानअन्तर्गत उसको रक्षात्मक फौज भने रहेको छ। उक्त जापानी संविधानलाई भने आबेले संशोधन गर्न चाहिरहेका छन्।
यसअघि ट्रम्पले टोकियो नजिक रहेको एक अमेरिकी सैन्य अखडाको पनि भ्रमण गरेका थिए।साथै उनले जापानमा रहेका अमेरिकी अगुवा व्यापारीहरुलाई भेटेका थिए। त्यसबेला उनले व्यापार घाटालाई लिएर जापानको सार्वजनिक रुपमै आलोचना गरेका थिए।अब राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्दै छन्।
@bbc
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology