• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिश्व शेर्पा सम्मेलनमा कृश्चियन प्रतिनिधि सहभागी भएपछि सामाजिक संजालहरूमा चर्केा बिरेाध

बिश्व शेर्पा सम्मेलनमा कृश्चियन प्रतिनिधि सहभागी भएपछि सामाजिक संजालहरूमा चर्केा बिरेाध


समायोजन खबर
  • बुधबार, असोज २५ २०७४

  •  

    फुर्वा शेर्पा ,समायेाजन खबर २५ असेाज

    प्रथम बिश्व शेर्पा सम्मेलनकेा चर्चासंगै अहिले किश्चियन धर्ममान्दै अ।एका सेालुखुम्बु घर भइ हाल अमेरिकामा बसेाबास रहेका कुंगा शेर्पा बिश्व शेर्पा सम्मेलनकेा प्रतिनिधिका लागि सिफारिस भएपछि समाजिक संजालहरूमा निजमाथि चर्केा बिरेाध तथा दवावहरू अ।उन थालेकेा छ। शेर्पाले हाल सम्म नेपालमा करिब ७ हजार र भारतकेा दार्जिलिङ,सिक्किमका बिभिन्न ठाँउहरूमा करिब १० हजार शेर्पाहरू कृश्चियन धर्ममा रहेकेा सामाजिक संजालमार्फत बताएका थिए । साथै शेर्पा कृश्चियन संघले नेपालमा महाभुकम्प ८ करेाड रूपैया रूपैया सहयेाग गरेकेा साथै शेर्पा कृश्चियनहरूलाइ बुझ्न सजिलेा हेास भनेर शेर्पा भाषामा गीत,सिडी तथा पुस्तक तयार पार्ने येाजना रहेकेा बताउदै गर्दा शेर्पा समुदायका ब्यक्तिहरूले चैातर्फी बिरेाध गरेकेा थिए ।अहिले पनि राजधानीमा सम्पन्न बिश्व शेर्पा सम्मेलनमा शेर्पा किदुक अमेरिकाबाट प्रतिनिधिकेा रूपमा सहभागी हुदा देश बिदेशमा रहेका शेर्पाहरूले यसरी  चर्केा बिरेाध गरिरहेका छन् ।

    साङथु शेर्पा  हाल (लिस्बेान पेार्तुगल)

    शेर्पा कृश्चियन पनि हुन्छ भन्ने सुनेको त थिएँ तर यसपालि चाहिँ आँखाले नै हेर्ने मौका पाएँ धन्य हो! “विश्व शेर्पा सम्मेलन: (+)डलर, यूरो सम्मेलन ( – )रिंगेट, रियल, धिरम, केडी सम्मेलन” । अब यो सम्मेलन   पछि डलर, यूरो र रिंगेट, रियल, धिरम अनि केडी बिचमा शेर्पा संस्कृती, भाषा अनि धर्ममा निक्कै ठुलो धुर्विकरण देखिएला जस्तो छ।

     

    पासाङ शेर्पा  हाल (रामेछाप)

    शेर्पाहरुको जन्म-संस्कार लगायत सबै परम्परागत मूल्य र मान्यताहरु शेर्पाहरुको मौलिक बौद्ध धर्ममा नै आधारित हुन्छ यसमा कसैको दुइमत नहोला, संसार भर खुलेका शेर्पा संघ-संस्थाहरु खुल्नुको मुख्य कारण पनि शेर्पाहरुको मौलिक धर्म, भाषा-भेषभुषा र कला-संस्कृतिकै संरक्षण र प्रवर्धनकै लागि हो जुन कुरा शेर्पा संघ-संस्थाहरुको बिधानमा प्रष्ट रुपमा उल्लेख समेत गरिएको हुन्छ, तर विश्व शेर्पा सम्मेलनमा आफ्नो मौलिक धर्मबाट विचलित भै धर्म परिवर्तन गरेर आफ्नै जातिको मौलिक धर्म माथी हिलो छ्याप्ने अभियाननै चलाउने व्यक्तिलाइ समेत लाजै पचाएर विश्व शेर्पा सम्मेलनको प्रतिनिधि बनाएको  देख्दा आश्चर्य चकित त भएको छु नै अझ भाषा र भेषभुषा मात्र भए पनि संरक्षण र प्रवर्दन हुन्छ, बिरोध नगर्नुस भनेर तर्क दिदैं हाम्रो जायज सुझावलाइ दबाउन खोज्ने शेर्पा अगुवाहरुको विचित्रको मानसिकता देखेर छाँगाबाट खसे झैँ नै भएको छु । अब यदि यसरी किस्ताबन्दीमा शेर्पाहरुको मौलिकता संरक्षण गर्ने हो भने हाम्रो शेर्पा अगुवाहरुले अलि व्यापक र बृहत रुपमा दिमाग र मनलाइ अझ फराकिलो पार्नु पर्ने आवश्यकता छ, र अहिले समय पनि शक्ति धुर्विकरणकै चलिरहेको बेलामा अल्पसंख्यक आदिवासी समुदाय “जिरेल” हरुको मौलिक भाषा शेर्पा भाषासंग ठ्याक्कै मेल खान्छ त्यसकारण आदिवासी जिरेल समुदायलाइ पनि विश्व शेर्पा सम्मेलनमा बरु पर्यवेक्षककै रुपमा मात्र भए पनि स्थान दिइयोस, त्यसै गरी नेपाल राष्ट्रको ध्वजावाहक नेपाल वायुसेवा निगम र बुद्ध एअरले समेत आफ्नो हवाई परिचारिकाहरुको आधिकारिक पोशाक, हामी शेर्पाहरुको मौलिक भेषभुषालाइ नै बनाएर हाम्रो मौलिक भेषभुषाको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्दन गरि रहेको हुनाले नेपाल वायुसेवा निगम र बुद्ध एअरका कर्मचारीहरुलाइ पनि संस्थागत सदस्यता प्रदान गरियोस भन्ने  सुझाव विश्व शेर्पा सम्मेलनका आयोजकहरुलाइ दिन चाहान्छु । धर्म फरक जात मात्र को “शेर्पा”ले विश्व शेर्पा सम्मेलनमा प्रतिनिधित्व गरि रहदा भाषा र भेषभुषा मात्र भए पनि मिल्ने अन्य समुदायलाइ समेत विश्व शेर्पा सम्मेलनमा प्रतिनिधित्व गराउन तपाइँ(विश्व शेर्पा सम्मेलन आयोजक समिति)हरुलाइ कुनै आपत्ति नहुनु पर्ने हो, उहाहरुले पनि बन्दसत्रमा तपाइहरुको कुनै पदमा दावा-बिरोध गर्नु हुन्न, डोनेसन भने नआउन सक्ला । यदि यसमा आपत्ती भए कुङ्गा शेर्पा दाइको उपस्थितिको औचित्य पहिले प्रस्ट पारी दिन अनुरोध गर्दछु

    जे.बी शेर्पा

    हामी शेर्पा जातिको हरेक रितिथिती संस्कार , परम्परा सबै हाम्रो आफ्नो धर्म सङ्ग जोडिएको पाईन्छ , यश अर्थमा शेर्पा हरुको धार्मिक , सास्कृतिक बिकासमा आफ्नो धर्म परित्याग गरेका शेर्पाहरुले के योगदान देलार ? कुङगा शेर्पा ज्यु समाजसेवि हुनुहुन्छ अति राम्रोहो , कति स्थानका शेर्पा समाज वहाँको सहयोग बाट लाभान्वित छन , वहाँ लाई कुनै अलग्गै स्थान दिन सकिएला शेर्पा समाजको बिकासको योगदानको निमित्त यदि त्यो धर्म प्रचारको निमित्त हैनभने ! तरपनि शेर्पाहरुको यस्तो सस्थामा उहाँ लाई कुनै पदिय जिम्मेवारी  दिनुचै मनासिब हुँदैन र वहाँलेपनी कुनैपनि पद बिना चाहेजती सहयोग गर्न कसैले रोक्दैनहोला ! कुनै अर्कै धर्मको खैरेले हाम्रो धर्म संस्कृतिको उत्थानका निमित्त सहयोग गर्नु अलग कुराहो तर आफ्नै धर्म संस्कृति त्यागेको मानिसहरुले त्यही धर्म र संस्कृतिको उत्थानमा सहयोग गर्छु भन्नुचै गिद्दले मासु रुङे सरह हो ! उदार धर्म र समाजको नाममा जथाभावी हुन दिँदा फाइदा हामी कसैलाई  हुदैन भन्ने लाग्छ !

     नुरू शेर्पा हाल (युएइ)

    सम्मेलन विश्व शेर्पाहरुको सम्मेलन थिएन! यो त केवल कृिचयन धर्म प्रचारक डलरको मुल्यमा बौद्ध धर्म विरोधी टाकतोकले डलरको भाउमा किनेका एक दुइ वटा संघ संस्थाको प्रमुख कार्यकारी हरुको मात्र सम्मेलन थियो! “एउटा धर्म, संस्कृति र रितिरिवाज विरोधी कुङगालाइ काखा र ५ भन्दा बढी शेर्पा किदुग तथा संघ संस्थालाइ पाखा गरिएको थियो”! तस्विर आफै बोल्छ किनभने शेर्पा किदुग अमेरिका, कुङगा टाकटोक र नेपाल शेर्पा संघले बनाएको व्यानर तथा शुभकामना सन्देशमा बुद्ध धर्मको (ध) पनि समेटिएको छैन!र कार्यक्रम उद्घाटन समारोहमा शेर्पा भाषा अर्थात् समबोटालिपिको (स) पनि उच्चारण गरिएन,यसरि नै हो त आफनो धर्म,भाषा र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न उदाहरण हरु? धर्म,संस्कृति र रितिरिवाजको नाम  जोडेर डलरको व्यपार बन्द गर!

     

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology