• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

९८ हजार २ सय ६८ जनाका लागि म्यादी प्रहरीमा जागिर खुल्यो

९८ हजार २ सय ६८ जनाका लागि म्यादी प्रहरीमा जागिर खुल्यो

राजनीतिक दलमा आवद्धले दरखास्त नपाउने


समायोजन खबर
  • मंगलबार, असोज २४ २०७४

  • फाईल तस्विर।

    २४ असोज, काठमाडौं ,

    सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।

     

    इच्छुक उम्मेदवारले मंगलबार (आजै) बाट दरखास्त दिन सक्ने छन् । दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने व्यवस्था प्रहरी प्रधान कार्यालयले मिलाएको छ । काठमाडौं उपत्यकाको हकमा भने प्रहरी परिसरबाट आवेदन दिन सकिनेछ । प्रधान कार्यालयले दरखास्तकाे म्याद असोज ३० गतेसम्मका लागि दिएकाे छ ।

     

    १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् भने उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्नेछ । उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।

     

    म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्मका सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ । म्यादी प्रहरीले नेपाल प्रहरीकाे जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् । साभार अनलाईन खवर

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology