सन् १९५३ २९ मे का दिन तेन्जिङनोर्गे शेर्पा र न्युजल्याण्डका नागरिक एड्मण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पश्चात हिमालमा मानवीय सम्बन्ध प्रगाढ बनेको छ । सगरमाथा आरोहण इतिहास देखि सन् २०१६ सम्मको तथ्याङकलाई हेर्दा चार हजार आठ सय ७९ ले सगरमाथाको सफल आरोहण गरीसकेका छन् । यसमा पनि ७० प्रतिशत शेर्पा रहेको छ ।
विश्व कीर्तिमान कायम गर्नेहरुको होड पनि उत्तिकै चलेको छ । कीर्तिमान बनाउदै विदेशीने क्रम बढेको भन्दै शेर्पाहरुले आफ्नो देश प्रतिको सम्मान गर्न सबैमा अनुरोध गरेको थियो । भरिया, शेर्पा सरदारको उपाधीदेखि अहिले हिमचितुवाका उपमा समेत पाएका छन । हिमालमा देखाएको बहादुरी, लगनशिलता, इमान्दारीताले शेर्पाको इज्जत र हैसियतलाई माथि उठाएको पाइन्छ । पछिल्लो समय हिमाल आरोहणका क्षेत्रमा केही गल्ती कमीकम्जोरी, र नियतीवस नकरात्मक कामहरु पनि भएको भन्दै यसलाई शेर्पा समाजले सच्याएर अघि बड्नु पर्ने बहस भएको थियो ।
अगुवाहरुले बनाएको बाटोलाई पछिल्लो पुस्ताले निरन्तरता दिन नसक्नु र गलत कृयाकलापहरु गरेर बिश्वमै नकरात्मक सन्देश पुग्ने गरेको छ । पर्यटक माथि हातपात, दुव्यवहार हुने गरेको छ । वेथिति कुसंस्कार र गलत कामले गर्दा हिमालसँग शेर्पाको दोस्रो पुस्ताको हिमालसँगको सम्बन्ध नाजुक बन्न थालेकाले सुधारका लागि अभियान चलाउनु पर्ने वहस चलेको छ ।
सन् २०१० देखि २०१६ सम्मको तथ्याङकलाई हेर्दा एक हजार दुई २३ ले सगरमाथामा हाइअल्टीच्यूड वर्करको रुपमा आरोहण गरेका छन् यि शेर्पा हुन् । राज्यले २०१५ देखि हाइ अल्टीच्यूड वर्कर, सरदार, गाइडको भूमिकामा चुचुरो पुर्याउनेका लागि चुचुरो पुगेको प्रमाणपत्र दिन रोक लगाएकाले यसका लागि सरकारसँग सम्मानको माग गर्ने शेर्पाले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology