असोज २४, २०७४ – काठमाडौंको शान्तिनगरको प्रयागमार्गमा गोली प्रहार गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निधन भएको छ । डिएसपी रवि पौडेलका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालका चिकित्सकहरुले भने गौचनको अस्पताल नपुरयाउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् । गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गौचन महासंघको चार महिना अघि भएको ४३ औ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।