• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सर्पले टोके यसो गर्नुहोस

सर्पले टोके यसो गर्नुहोस

सर्पका टोकाईवाट देखिने लक्षणहरु


चिसाङ शेर्पा
  • आइतबार, असोज २२ २०७४

  •  

    चिसाङ शेर्पा असोज÷२२ खोटाङ,

    खेतीपाती गर्नेे शिलसिलामा सर्पले टोके अथवा डसेमा नआतिएर संयम भई सर्प चिन्ने कोशिष गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । पहाडमा सिजन अनुसार देखा पर्ने सर्पले टोके तत्काल स्वास्थ्य चौकी जानु उपर्युतm हुने उनीहरुको भनाई हुन्छ ।

    “ खोटाङमा अहिलेसम्म विषालु सर्प नपाईए पनि पहाडी भेगमा तराईवाट सप्लाई गरिने पानीका पाईपहरुमा गोमन, करेतजस्ता सर्प आउँन सक्ने भएकाले सचेत हुन आग्रह गरे ।”

    यता, जिल्ला अस्पताल खोटाङको रिपोर्ट अनुसार खोटाङमा हालसम्म विषालु सर्प नभेटिएको पाईएको छ । जिल्लामा साधारण विष निकाल्ने सर्पमात्र पाईएको जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीले बताउनुभयो । यद्यपी, ‘अहिलेसम्म विषालु सर्प नपाईए पनि पहाडी भेगमा तराईवाट सप्लाई गरिने पानीका पाईपहरुमा गोमन, करेतजस्ता सर्प आउँन सक्ने भएकाले सचेत हुन आग्रह गरे ।’

    खोटाङमा सामान्य विष भएका ग्रीन स्नेक, पानी सर्प, हरेउजस्ता सर्प पाईन्छ । गतवर्ष जिल्ला अस्पतालमा सर्पका टोकाईका तीस जना उपचार गर्न आएका र सर्पका टोकाईवटा खोटाङमा अहिलेसम्म मानिसको मृत्यु नभएको डाक्टर केसीले जानकारी दिनुभयो ।

    सर्पका टोकाईवाट हुने लक्षणहरु

    १, सामान्य विष भएका ग्रीन स्नेक, पानी सर्प, हरेउले डसेमा, शरीरको टोकेका भाग दुख्ने, पोल्ने हल्का सुन्निने हुन्छ ।

    २, विषालु विष भएका गोमन, करेतजस्ता सर्पले डसेमा दुई मुख्य लक्षण देखा पर्दछ । जुन शरीरका वाहिर भागमा नदेखिन सक्छ । न्युरो टक्सीस (नशा, सिधा मष्तिष्कमा असर र श्वासप्रश्वासमा वन्द) हेमाटो टक्सीस (रगतमा सिधा असर गरी विलिडिङ गराउँने तथा ब्लड सर्कल रोक्ने गर्दछ ।)

    सामान्य विषवाला सर्पले टोके यसो गर्नुहोस

    सर्पले टोकेको भागमा हल्का सफा कपडाले वाँध्ने, ब्लेडले चिरेर टोकेको भागमा भएको विषयुतm रगत निकाल्ने, व्याण्डेज गरेर स्वास्थ्य चौकी गई स्वास्थ्यकर्मीको सल्लाहमा दुखाई कम गर्ने औषधी खानुपर्दछ । विषालु सर्पले टोकेमा कम्तीमा एक घण्टाभित्र उपचार गर्नुपर्ने, सो समयमा उपचार नपाए मानिसको मृत्यु हुने चिकित्सकहरुको भनाइ छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology