• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आइफोन एट प्लसको व्याट्री फूल्ने समस्या, एप्पलले भन्यो–अनुसन्धान गर्छौ

आइफोन एट प्लसको व्याट्री फूल्ने समस्या, एप्पलले भन्यो–अनुसन्धान गर्छौ


समायोजन खबर
  • शनिबार, असोज २१ २०७४

  • आश्विन २१, २०७४-दुई साता अघि बिक्री सुरु भएको आइफोन एट प्लसमा व्याट्री फूल्ने समस्या देखिएको रिपोर्ट सार्वजनिक भएको छ । जापान, ताइवान, ग्रीस, क्यानडा र चीनमा बिक्री भएको केही आइफोन एट प्लसको व्याट्री फूल्ने समस्या देखिएको हो ।

     सिनेटले सार्वजनिक गरेको रिपोर्टमा एप्पलका प्रवक्तालाई उद्धृत गर्दै लेखिएको छ–हामी यो समस्याप्रति जानकार छौं र यसमा अनुसन्धान गरिरहेका छौं । अहिलेसम्म कम्तिमा ६ वटा डिभाइसमा यस्तो समस्या देखिएको उल्लेख छ ।

    प्रयोगकर्ताले व्याट्री फूल्ने समस्या देखिएपछि सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेपछि यी जानकारीहरु बाहिर आएका हुन् ।

    एक चिनियाँ प्रयोगकर्ताले सार्वजनिक गरेको फोटोमा आइफोन एटको व्याट्री फुलेर आइफोन ‘केस’ नै माथि उठेको देखिएको छ ।

     

    गत वर्ष सेप्टेम्बरमै सामसङलदे आफ्नो ग्यालेक्सी नोट सेभेनको व्याट्री पड्किन थालेपछि बिक्री भएका सबै सेट फिर्ता लिएको थियो ।

    लगत्तै सामसङले आफ्नो डिजाइनमा त्रुटी भएको नश्किर्ष निकाल्दै पछिल्ला फोनहरुमा लामो परीक्षणपछि मात्रै व्याट्री प्रयोग गर्ने नियम लागू गरेको थियो ।

    एप्पलले सेप्टेम्बरको दोस्रो साता आइफोन एट, एट प्लससहित आइफोन सार्वजनिक गरेको थियो । कम्पनीले आइफोन एट र एट प्लस सेम्टेम्बर २२ देखि बिक्री सुरु गरेको हो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology