• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोलीबाट काठमाण्डौंमा विश्व शेर्पा सम्मेलन हुँदै/प्रधानमन्त्री देउबाद्धारा शुभकामना व्यक्त

भोलीबाट काठमाण्डौंमा विश्व शेर्पा सम्मेलन हुँदै/प्रधानमन्त्री देउबाद्धारा शुभकामना व्यक्त


समायोजन खबर
  • शनिबार, असोज २१ २०७४

  •  

    अक्टोबर ७/काठमाण्डौं । विश्व शेर्पा संघ तदर्थ समितिले आयोजना गर्न लागेको प्रथम विश्व शेर्पा सम्मेलन भोलीबाट काठमाण्डौंमा सुरु हुदैछ । विश्वका विभिन्न मुलुकहरुमा बसोबास गरिरहेका शेर्पाहरुको संस्थागत प्रतिनिधिमुलक सहभागितामा आयोजना हुन गईरहेको कार्यक्रम भोलीबाट सुरु भएर ३ दिन सम्म चल्नेछ ।
    विश्वका विभिन्न मुलुकहरुमा फैलिएर रहेका शेर्पाहरुले बौद्ध धर्ममा आधारित रहेको आफ्नो भाषा कला संस्कृति र परम्परालाई संरक्षण र प्रवद्र्धन गर्नका लागि साथै शेर्पाहरुको चौतर्फी विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना हुन लागेको सम्मेलनले विश्व शेर्पा संघको पनि औपचारिक रुपमा गठन हुने कार्यक्रम पनि रहेको छ । विश्वको जुनसुकै देशमा बसेपनि र जुनसुकै देशको नागारिक भएपनि शेर्पाको पहिचानलाई निरन्तरता दिनका लागि विश्वका करीब २१ वटा मुलुकहरुमा शेर्पाहरुले सामाजिक संस्थाको स्थापना गरेर सामाजिक अभियानमा लागिरहेका छन । ती सबै देशहरुमा स्थापना भएका शेर्पा संघ संस्थाका प्रतिनिधिहरुको बीचमा अनलाईनमा दुई बर्षदेखि भईरहेको निरन्तर छलफल र बहसहरुले नै यो विश्व शेर्पा सम्मेलन आयोजनाको अवस्था सम्म ल्याएको विश्व शेर्पा सम्मेलन प्रचार प्रसार समितिका संयोजक आङ छिरिङ शेर्पाले बताए ।
    उक्त तीन दिने कार्यक्रमको पहिलो दिन स्वागत तथा उद्घाटन समारोह काठमाण्डौं लाजिम्पाट स्थित होटल र्‍याडिसनमा हुनेछ, उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउबाद्धारा उद्घाटन हुने भएको छ । त्यसैगरी दोश्रो दिन बौद्ध टुसाल स्थित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मा विभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुति सहितको कार्यशाला गोष्ठी, विश्व शेर्पा संघको मस्यौदा विधान माथि छलफल र विश्व शेर्पा संघ गठन लगायतका कार्यक्रमहरु रहने कार्यतालिका तय गरिएको छ । तेश्रो वा अन्तिम दिन शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मै ऐतिहासिक प्रथम विश्व शेर्पा सम्मेलनले निर्णय गरेका कुराहरुलाई लिपिवद्ध गरी घोषणा पत्र जारी गर्ने र विश्व शेर्पा संघको औपचारिक घोषणा गर्ने गरी घोषणा सभा कार्यक्रम आयोजना भई समापन हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि विभिन्न १६ वटा देशहरुबाट करीब १०० जना संस्थागत प्रतिनिधिहरु काठमाण्डौं आईसकेका छन ।
    प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
    यसै बीच प्रधानमन्त्री शेरबहादुर देउबाले एक शुभकामना सन्देश जारी गर्दै विश्व शेर्पा सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन । विश्व शेर्पा सम्मेलन प्रचार प्रसार समितिले प्रकाशन गरेको स्मारिका मार्फत शुभकामना सन्देश दिदै भनेका छन “आफ्नै मौलिक कला, भाषा, धर्म संस्कृति र रहनसहन भएका शेर्पा जातिले सहासिकता र ईमान्दारीता प्रस्तुत गर्दै आफ्नो र आफ्नो देशको शीर उच्च राख्न सदा उत्प्रेरित रहेका छन । मुलतः हिमाली क्षेत्रमा रहने शेर्पा जाति अहिले विश्वका विभिन्न देशहरुमा रही आफ्नो र आफ्नो देशको भाषा संस्कृति र कलालाई जगेर्ण गदै आएका छन” ।

    यस सम्मेलनले विश्वका जुनसुकै देशमा शेर्पाहरु रहेता पनि आपासी सम्बन्ध प्रगाढ गर्न र आफ्नो मौलिक भाषा धर्म संस्कृति र परम्पराको संरक्षण गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका छन ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology