समायोजन खवर असोज÷१६ काठमाण्डौ,
आगामी असोज २२ देखि २४ सम्म राजधानी काठमाडौंमा हुने विश्व शेर्पा सम्मेलनमा प्रवेशका लागि शुल्क लाग्ने भएको छ । सम्मेलनमा सहभागी इच्छुकहरुले अग्रिम शुल्क भुक्तानी बुझाएपछि मात्रै सम्मेलनमा प्रवेश पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालबाट सहभागी हुनेका लागि जनही २ हजार रुपैयाँ, भारतबाट ५ हजार, यूरोपबाट १ सय ५० डलर र अमेरिकाबाट सहभागि हुनेले २ सय डलर शुल्क तिर्नुपर्ने छ । संस्थागत रुपमा १० हजार र वीस हजारका सिमाहरु समेत निर्धारण गरिएको आयोजक समितिका सचिव किशोर शेर्पाले बताए ।
आयोजकका अनुसार शुल्क विना ‘पत्रकार’ समेतले प्रवेश पाउने छैनन् । समाचार संकलन र संप्रेशनका लागि समेत शुल्क बुझाएर मात्रै प्रवेश पाउने नेपाल शेर्पा संघका सचिव शेर्पाले जानकारी दिए ।
होटल ¥र्याडीसन लाजिम्पाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गरी तय गरिएको विश्व शेर्पा सम्मेलनमा विश्वभरबाट करीव ५ सय बढी प्रतिनिधी परिवेक्षकको सहभागिता रहने आँकलन गरिएको आयोजको भनाई छ । सम्मेलनले समुदायको श्रीबृद्धिका लागि योजनाहरु निर्माण गरी अनुमोदन गर्ने कार्य हुने नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामाले बताए ।
यता, पत्रकारहरुलाई निःशुल्क रिपोर्टिङको व्यवस्था हुनुपर्ने आवाज उठ्न थालेको छ । शुल्क बुझाएर समाचार संकलन संप्रेशन गर्न समस्या हुने सम्बद्धहरुले गुनासो गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology