• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेशियामा एक नेपालीको मृत्यु

मलेशियामा एक नेपालीको मृत्यु

चाडवाडमा परिवारमा रुवावासी


चिसाङ शेर्पा
  • शुक्रबार, असोज १३ २०७४

  • चिसाङ शेर्पा असोज÷१३ खोटाङ,
    दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहान ड्युटीका क्रममा मृत्यु भएको हो । रोजगारीका शिलशिलामा ३ वर्ष अघि मलेशिया गएका शेर्पा केही दिनयता घाटीका समस्याका कारण विरामी थिए ।

     

    घाँटीको टनसिल, ज्वरोवाट ग्रसित शेर्पा मलेशियाको साहलमस्थित जेटिआई कम्पनीको सेक्सन १६ मा सेक्युरिटी गार्डको ड्युटीमा कार्यरत थिए । ड्यटी समयमा कम्पनीको कम्पाउण्ड फिल्ड चेकिङमा गएका शेर्पा लामो समयसम्म नफर्के पछि हेर्न जाँदा मरान्नसन्न अवस्थामा लडिरहेको पाईएको मृतकका साथीलाई उदृत गर्दै शेर्पा संरक्षण समिति नेपालका सचिव मिङमा शेर्पा वदाम्बाले जानकारी दिनुभयो । शेर्पाले भने ‘एम्बुलेन्स वन्दोवस्त र प्रहरी रिपोर्ट तयार गर्दागर्दै शेर्पाको कम्पनी एरियामा ज्यान गएको हो ।’

     

    मृतक शेर्पाको शवलाई पोष्टमार्टमका लागि मलेशियाको राजधानीस्थित केन्साङ अस्पतालमा राखिएको छ । शेर्पाको १ छोरा एक श्रीमती रहेको छ । शेर्पा नेपाल आदिवासी जनजाती महासंघका मलेशिया अध्यक्ष, शेर्पा किदुक मलेशियाका पुर्व महासचिव, शेर्पा सञ्चार ताप्लेजुङ अध्यक्ष तथा वल्र्ड शेर्पा न्युज अनलाइनका सञ्चालक हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology