• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माओवादी नै कर्णाली समृद्धिको आधार : अध्यक्ष प्रचण्ड

माओवादी नै कर्णाली समृद्धिको आधार : अध्यक्ष प्रचण्ड


समायोजन खबर
  • सोमबार, असोज ९ २०७४

  • जुम्ला, असोज ९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै कर्णालीको समृद्धिको आधार भएको बताउनुभएको छ । आइतबार जुम्लाको सिँजामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले कठिन संघर्षले ६ नं प्रदेशको निर्माण भएको जनाउँदै कर्णालीको समृद्धि माओवादीको प्रमुख एजेण्डा रहेको तर्क गर्नुभयो ।माओवादीबिना देशको समृद्धिको कल्पना गर्न नसकिने दाबी गर्दै उहाँले आफू नेतृत्वको सरकारले नेपालको ७.५ प्रतिशत आर्थिक वृद्धि गर्नुका साथै संविधानअनुसार मुलुकको संघीयता कार्यान्वयन गरेको जनाउनुभयो  उहाँले कर्णालीमा समृद्धि ल्याउनका लागि नाग्म–मुगु सडक, सिँजा सभ्यताको विकास र मुगु गमगढी हुँदै नाक्चेलाग्ना जोड्ने सडक निर्माणमा जोड दिने बताउनुभयो । गरिब, श्रमजीवी नेपालीको आस्थाको धरोहर पार्टी माओवादी केन्द्र ठानेर अहिले प्रवेशको लहर चलेको उहाँको भनाइ थियो ।

    सो अवसरमा अध्यक्ष दाहालले नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धिताल र जिल्ला अध्यक्ष खम्ब शाहीसहित ७०० कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको थियो ।माओवादी केन्द्र पार्टी प्रवेश गरेलगत्तै अध्यक्ष दाहालले नवप्रवेशी धिताललाई तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका समेटिएको २ नं क्षेत्रबाट प्रदेशसभाका लागि टिकट दिएको घोषणा गर्नु भएको थियो ।

    उहाँले तराईको चुनावपूर्व माओवादी केन्द्र प्रवेश गर्ने नवप्रवेशीलाई टिकट दिँदा जीत हात परेको र यसपटक धिताललाई दिएको टिकटले पार्टीको विजय हुने विश्वास व्यक्त गर्नुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology