टोकियो । टोकियोमा नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएको ४ दिने विशेष प्रदर्शनी सकिएको छ । प्रदर्शनीमा,नेपालका विभिन्न पर्यटकिय स्थलहरु तथा टुर प्याकेज बारे जापानी तथा अन्य विदेशी अवलोकनकर्ताहरुलाई पम्प्लेट ,ब्रोस्रर तथा नेपालको पर्यटन सम्बन्धि डिभिडीहरुको माध्यमबाट जानकारी गराईएको थियो ।जापानी एसोसियसन अफ ट्राभल एजेन्ट(JATA) ले आयोजना गरेको ‘टुरिजम एक्स्पो जापान ‘नामक अन्तर्राष्ट्रीय स्तरको टुरिजम एक्स्पोमा सहभागी भई नेपालले सो प्रवर्द्धनात्मक कार्यक्रम गरेको हो । सेप्टेम्बर २१ देखि २४ सम्म टोकियो बिग साईडको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा आयोजना भएको एक्स्पोमा,विश्वका दर्जनौँ राष्ट्रहरु र जापानका स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ट्राभल एजेन्ट,एयरलायन्स तथा होटलहरुको सहभागीता रहेको थियो ।
एक्स्पोमा नेपालका तर्फबाट, नेपाल टुरिजम बोर्डका साथै अरोमा ट्राभल्स एण्ड टुर्स,बिसिएन ट्राभल्स एण्ड टुर्स,बजेट ट्राभल्स एण्ड टुर्स,फार वेस्ट ट्राभल्स एण्ड टुर्स, लिबर्टी होलिडेज तथा पिक प्रमोसन लगायतका निजी कम्पनीहरुको स्टल रहेको थियो । विभिन्न मुलुकका सयौँ सेवा प्रदाय कम्पनी र लाखौँ अवलोकनकर्ताले भ्रमण गरेको उक्त एक्स्पोमा हज्जारौँ जापानी तथा अन्य विदेशीहरुलाई नेपालको बारेमा जानकारी गराईएको थियो । नेपाल पर्यटन बोर्डका टुरिजम प्रोडक्ट एण्ड रिसोर्स डेभलपमेन्ट म्यानेजर सन्तोस कुमार घिमिरेका अनुसार एक्स्पोमा नेपाल भ्रमण र नेपालका बारेमा चासो राख्नेहरुको संख्या अत्याधिक रहेको थियो ।
नेपाल टुरिजम बोर्डकी ,टुरिजम मार्केटिङ एण्ड प्रमोसन अधिकृत जानकी उपाध्याय भन्छिन् -“भुकम्प पछि घटेको जापानी पर्यटक संख्यामा केहि सुधार आएको छ । अघिल्लो वर्षको तथ्याङ हेर्दा २२ हज़ार ९ सय ७९ जना जापानी नागरिकहरुले नेपाल भ्रमण गरेको देखिन्छ ।” त्यस्तै नेपाल टुरिजम बोर्डका जापानका लागि पर्यटन प्रतिनिंधि अनुज थापा भन्छन् -“जापानमा यो एक्स्पो हरेक वर्ष आयोजना हुँदै आएको छ भने नेपालले पनि प्रत्येक वर्ष सहभागीता जनाउँदै आएको छ । घुमफीर गर्न रुचाउनेहरुको अधिक जमात रहेको जापानी समुदायमा,उनिहरुको आवश्यकता,बजेट,बिदा र चाहना अनुसारको टुर प्याकेजहरु बनाउन सक्ने हो भने पर्यटन प्रवर्द्धनको प्रवल सम्भावना रहेको छ ।”
सहभागी एक व्यवसायी भन्छन् – “नेपालको पर्यटन प्रवर्द्धका लागि यस किसिमको एक्स्पोहरुमा सहभागिता जनाउन सक्नु अवश्य पनि महत्वपुर्ण कुरा हो, तर जापानको सन्दर्भमा अलि कठिनाई छ,मुख्य समस्या चाही भाषा नै हो । त्यस पछि भिसा तथा आर्थिक भार लगायतका कुराहरुले असहजता थपिदिन्छ ।” अर्का व्यवसायका अनुसार , बिज़नेस प्रवर्द्धनका लागि एक्स्पोमा सहभागिता भएको भनिएता पनि एक्स्पोको महत्वपुर्ण पाटो बिज़नेस टु बिज़नेस सेसनमा नेपालले हालसम्म पनि भाग लिन सकेको छैन । यसका साथै नेपालले सहभागिता त जनाएको छ तर प्रभावकारीता भने बढाउन सकेको छैन,झट्ट हेर्दा सँधै सहभागी भएको छ तर उपलब्धि भने नगन्य ।
समाचार,फेाटेा/ nepalnewspost
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology