मिङमा शेर्पा (वदाम्बा),
अहिले शेर्पा समुदायमा प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलन हुने कुराले निक्कै ठूलो पर्व आए जस्तै भएको छ । केही समय यता विभिन्न सामाजिक सञ्ंजालहरुको भित्ताहरु त्यही विषयहरुले रङ्गीन बनिराखेका छन् । सम्मेलनलाइ सफल बनाउँन प्रचारप्रसार कार्यलाइ समेत तिब्र बनाइ राखेका छन । त्यो संगै अहिले विभिन्न तह र तप्का तथा बिश्वभरी नै सम्मेलनको औचित्य, उद्देश्य र महत्वका बिषयमा समेत बहस तिब्र भइ राखेका छन ।
ढिलै भए पनि बिश्वभरी छरिएर रहेको शेर्पाहरुको सम्मेलन हुनु समुदायको लागि खुशिको कुरा हो । यो सम्मेलनले केवल जमघट गर्ने थलोको रुपमा मात्र बिकसित नभई सिङ्गो शेर्पा समुदायको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक र बौद्धिक बिकास गर्ने एउटा ठुलो फोरम बनिनु पर्दछ, त्यो संगै हामीले यदाकदा सुन्ने गरेका छौ कि फलानो ठाउँको शेर्पा, सानो खाले (येन्बा) शेर्पा र ठूलो खालको (शेर्पा, ठूलो थरको (ग्याल्बु) शेर्पा, सानो थरको शेर्पा जस्ता याबत कुराहरु सुन्ने गरेका छौ । त्यस्ता अन्धबिस्वास, सन्कुचित सिकाइ र शेर्पा–शेर्पाबिच हुने बिभेदलाइ हटाएर एउटा शेर्पाले अर्को शेर्पालाइ हेर्ने र देख्ने दृष्टिहरुलाइ समान बनाउँन सकियो भने त्यसले अझ ठूलो सफलताको शिखर चुम्नेछ ।
हुनत शेर्पा शब्द नै शेर्पाहरुको लागि गौरबको बिषय हो किनकी बिश्वको सबै भन्दा उचो चुचुरो सगरमाथाको देश नेपालमा जन्मिएर त्यही चुचुरो संगै बिश्वले चिनेको नाम छ भने त्यो शब्द ‘शेर्पा’ नै हो । यी त एउटा पाटो रह्यो तर, सम्मेलनको मुख्य मुद्धा बर्तमान राष्ट्रकोे अवस्था र परिस्थितिलाई मध्यनजर गरेर समय सापेक्ष रुपमा अघि बढ्न शिक्षाको महत्व दर्साएर शिक्षाप्रती उत्प्रेरणा सिर्जना गर्दै कसरी अधिकतम शेर्पा युवाहरुलाइ शिक्षित बनाउँने भन्ने एउटा मुद्धा बनिनु पर्छ । अर्कोतिर बर्तमान राजनीतिक परिबेशलाइ हेर्दा राजनीतिक शक्ति बिना मान्छे अथबा समुदाय जति सुकै क्षमतावान भए पनि उसको कुराहरु राज्यले नसुन्ने र सुनाए पनि कार्यान्वयन गर्न आनाकानी गर्ने जस्ता जो परिपाटि रहेको छ त्यसलाइ छेड्न र शेर्पा समुदाय भित्र लुकेर रहेको अपार क्षमता र सिर्जना भएका दिग्गज ब्यक्तित्वहरुलाइ राज्यसत्ताको नेतृत्व तहमा पु¥र्याएर शेर्पाहरुलाइ साँच्चिकै हिमालको हिम चितुवा मात्र साबित नगरी अबसर प्राप्त ग¥र्यो भने सिङ्गो राष्ट्र समृद्ध बनाउँन सक्छ भन्ने उदाहरण दिन सक्नु पर्दछ ति सब चिज राजनीतिक आन्दोलनबाट नै प्राप्त हुन्छ भन्ने कुरालाइ अबगत गराउँदै राजनीतिक क्षेत्रमा शेर्पाहरुलाइ अग्रसर बनाउने अर्को मुद्धा बन्नु पर्दछ ।
राजनीतिक दलमा आबद्ध युबाहरुलाइ प्रोत्साहित गर्दै अघि बढ्ने हौसला प्रदान गर्दै सहयोगको भुमिका खेल्न सक्नु पर्दछ । समुदायको आर्थिक र सामाजिक बिकासको निमित्त यो सम्मेलनले एउटा महत्वपूर्ण एजेन्डा बनाएर शेर्पाहरुले सामुहिक लगानीको अबधारणालाइ बिकासगरी शेर्पाहरुकै एउटा ठुलो औधोगिक घराना स्थापना गरी एकातिर लगानीलाइ सुरक्षित गर्ने र अर्कोतिर दक्ष र क्षमतावान युबाहरुलाइ स्वदेशमै रोजगारी प्रदान गरि बिदेशिनवाट रोक्नु पर्दछ ।
बर्तमान बिज्ञान र प्रबिधिको बिकाससंगै अरु समुदायमा जस्तै शेर्पा समुदायको पनि आफ्नो भाषा, सस्कृती, परम्परा र रितिरिवाजहरु एक पछि अर्को गर्दै लोपोन्मुख अबस्थाको बिन्दुमा पुगिसकेका छन् । हुनत विभिन्न किदुक र सस्थाहरुले त्यसलाइ जर्गेना गर्ने हेतुले विभिन्न तालिम तथा सेमिनारहरु आयोजना गर्ने गरेको पाइन्छ तर संस्था, ठाउँ विशेष पिच्छे केही न केही फरक फरक कुरा सिकाइ राखेको र सिकि राखेको देख्न सकिन्छ त्यसको वास्तबिकता के हो ? आखिर यी सब किन र कसरी हुन पुग्यो त ? त्यसको बिस्तृत अध्ययन अनुसन्धान गरि एकरुपता ल्याउने प्रयास गरिनु पर्दछ र संस्कृती बिनाको समुदाय गहना बिनाको नारी जस्ती हुन्छ भन्ने कुरालाइ चरितार्थ छ त्यसैले आफ्नो सस्कृती, भाषा, धर्म र रितिरिवाजलाइ जर्गेना गर्नको लागि पनि यो प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलन सफल बन्नु सक्नु पर्दछ । लेखकः शेर्पा संरक्षण समाज नेपालका सचिब तथा राजनीतिककर्मी समेत हुनुहुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology