• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल आईडलको ग्राण्ड फिनालेमा जानेलाई मापसे चेकिङ, ‘मापसे भेटिए नो ईन्ट्रि’

नेपाल आईडलको ग्राण्ड फिनालेमा जानेलाई मापसे चेकिङ, ‘मापसे भेटिए नो ईन्ट्रि’

करिब ५ लाख नेपालीले रियालिटि सो हेर्ने अनुमान


चिसाङ शेर्पा
  • बुधबार, असोज ४ २०७४

  • चिसाङ शेर्पा असोज÷४ खोटाङ,

    कतारमा शुक्रवार हुन गईरहेको नेपाल आईडलको फिनालेमा दर्शकले मापसे सेवन गरेर आएको खण्डमा कार्यक्रम स्थलमा प्रवेशमा रोक लगाउने आयोजकले जनाएकोे छ ।

    नेपाल आईडल ग्राण्ड फिनालेका आयोजक तथा स्वंयमसेवकले एक सुचना प्रकाशित गर्दै उक्त दिन कार्यक्रमको प्रवेशद्वारमा मापसे सेवन गरेको छ÷छैन भन्ने चेक जाँच हुने भएकाले पहिला नै सचेत भएर मध्यपान तथा मदिराजन्य पदार्थ प्रयोग नगरी आउँन सुचनामा सबैमा आग्रह गरिएको छ ।


    रोजगारीका लागी कतारमा रहेका करिब ५ लाख नेपालीको लागी बहु चर्चित रियालिटी सो आफु कार्यरत देशमा नै हुनु र हेर्न पाउनु अत्यन्तै महत्वपुर्ण कुरा भएकाले यो अवसर नगुमाउन आयोजकले सबैमा आग्रह समेत गरेको छ ।

     

    नेपाल आईडलको फाईनल आउँदो शुक्रबार कतारको सनैयास्थित ग्राण्डमल सँगै रहेको एसियन टाउनको अम्फिथिएटरमा हुँदैछ । नेपाल आईडलका टप १२ प्रतिस्पर्धी सँगै नृत्यांगना तेरिया मगर, गायक हेमन्त राना, गायिका नलिना चित्रकार, हाँस्यकलाकार नारद खतिवडाको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology