• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आईफोन 8, 8-प्लस र एक्स सार्वजनिक ! फिचर के-के ? मूल्य कति ?

आईफोन 8, 8-प्लस र एक्स सार्वजनिक ! फिचर के-के ? मूल्य कति ?


समायोजन खबर
  • मंगलबार, भाद्र २७ २०७४

  • भदौ २८ (काठमाडौँ  | एप्पलले एकै साथ ३ वटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । मंगलवार राति क्यालीफोर्नियाको कूपर्टिनो स्थित एप्पलको हेडक्वार्टरमा एप्पलको मेगा इभेन्टमा नयाँ आईफोन 8 र 8 Plus को साथै स्पेशल एनिभर्सरी एडिशन अन्तर्गत iPhone-X लन्च भएको हो । आइफोन-x मा अघिल्ला सिरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् ।

     

    ६९९ डलरको वेसिक मूल्यबाट सुरु हुने iPhone 8 सबैभन्दा अत्याधुनिक फीचर्ससहितको स्माटफोन हो । अनुहारबाट अनलक हुने सिस्टममा 64GB को स्पेसल अडिसन iPhoneX को मूल्य ९९९ डलरबाट सुरु हुनेछ । यसको साथै थर्ड सीरीजको नयाँ एप्पल वाच र एप्पल 4K टीभी पनि लन्च भएको छ । सीईओ टिम कुकले ट्वीट गर्दै यस इभेन्टलाई एप्पलकै हालसम्मको  बिग-डे बताएका छन् । आईफोनको 10th बार्षिक उत्सवको अवसरमा पहिलो पटक एकैसाथ तीन नयाँ iPhone लन्च भएको छ । एप्पल प्रमुख कार्यकारी टीम कुकले गएराती एप्पल मुख्यालयमा आयोजित बिशेष कार्यक्रममा यी तीनवटै मोडल सार्वजनिक गरेका हुन् ।

     

    यसपटक एप्पलले नत आईप्याड लन्च गर्यो नत अन्य कुनै म्याकबुक  अपग्रेड गर्यो, उसले पुरा फोकस iPhone-X मा लगाएको देखिएको छ । मंगलवार लन्च भएको सबै प्रडक्ट्समा प्रयोगकर्ताहरुलाई धेरै सुबिधा दिने प्रयास गरिएको छ । iPhone X ले फेस आईडी रिकग्निशन यानेकि यूजरको अनुहारलाई नै पासवर्ड बनाउने सिस्टमलाई सफल बनाउन एप्पलले आफ्ना १५ हजार इन्जीनियर्सको साथमा आफ्नो पुरा तागत लगाएको थियो । के दावी गरिएको छ भने iPhone-X अब प्रयोगकर्ताको स्वीकृतिबिना १० लाख मानिसको अनुहारले पनि अनलक गर्न सक्दैन ।

     

    फोनमा वायरलेस चार्जिंगले संसारमा तार लगाएर चार्ज गर्ने झंजटलाई अन्त्य समेत गरेको छ । Qi चार्जिंग कन्सेप्टको साथै वायरलेस चार्जिंगलाई एयरपावर नाम दिईएको छ जो अबको तीन न महीमा विश्वभरका प्रयोगकर्ताले उपभोग गर्न सक्नेछन् ।

     

    त्यस्तै एप्पलले नयाँ 4K TV मार्फत एक्सपीरियन्सलाई पनि सुपर रिच बनाउने कोशिस गरेको छ । यसमा एचडीको ४ गुणा राम्रो पिक्सल, प्रोसेसर पहिले भन्दा दोब्बर बनाएको छ । यसमा एकैपटकमा ८ जनासम्मले एक साथ गेम खेल्न सक्छन साथै हालसम्मकै उच्च क्वालिटीको भिडियो हेर्न सकिन्छ । यसको लागि Netflicks र अमेजनलाई कन्टेन्ट पार्टनर बनाउनु ठूलो कदम मानिएको छ ।

    आइफोन-X का मुख्य फिचरहरु:- 

    – ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त (अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी)

    – अनुहार चिन्ने प्रबिधि- फेस आइडी (आफ्नो फोन खोल्न तपाइले अनुहार देखाउनुपर्ने)

    – पछाडीपट्टि दुईवटा १२ मेगापिक्सेलका क्यामेरा

    – वायरलेस चार्जिङ (३० मिनेटमा ५० प्रतिशत चार्ज हुने)

    – आइफोन ७ भन्दा दूई घण्टा बढी ब्याट्री लाइफ

    – ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमता

    – (कलर) ग्रे र सिल्भर

    आइफोन ८ र ८ प्लसका मुख्य फिचरहरु:- 

    – आइफोन ८ को साइज ४.७ इन्च र आइफोन ८ प्लसको साइज ५.५ इन्च

    – रेटिना एचडी डिस्प्ले

    – सवैभन्दा आधुनिक ए-११ चिप (यो चिप ए-१० भन्दा ७० प्रतिशत तिब्र)

    – आइफोन ८ मा एउटा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा प्रयोग भएका छन् ।

    – वायरलेस चार्जिङ

    – उपलब्ध फोनका (कलर) हरु – सिल्भर, स्पेश ग्रे र गोल्ड

    मूल्य कति पर्छ ? 

    (नयाँ प्रोडक्टको अमेरिकामा पर्ने मूल्यलाई आधार मानि मूल्यबारे जानकारी दिइएको छ, जुन मूल्य यहाँ उल्लेख गरिएको छ, त्यसमा नेपाली बजारके केहि घटी वा बढी मूल्य हुनसक्छ)

    iPhone X 

    मूल्य: ९९९ अमेरिकी डलर (करीब रु. १ लाख ३ हजार )

    प्री-अर्डर: २७ अक्टूबरबाट सुरु

    बिक्री: ३ नोभेम्बरबाट सुरु

    आईफोन 8 (64GB)

    मूल्य: ६९९ अमेरिकी डलर (करीब रु. ७२ हजार)

    प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु

    बिक्री: २२ सेप्टेम्बरबाट सुरु

    आईफोन 8 प्लस (64GB)

    मूल्य: ७९९ अमेरिकी डलर (करीब रु. ८३ हजार)

    प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु

    बिक्री: २२ सेप्टेम्बरबाट सुरु

    एपल TV 4K (32GB)

    मूल्य: १७९ अमेरिकी डलर (करीब रु. १८ हजार ५००)

    प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु

    बिक्री: २२ सेप्टेम्बरबाट सुरु

    सेल: 22 सितंबर से

    एप्पल वाच (सीरीज-3)

    मूल्य: ३२९ अमेरिकी डलर (करीब रु. ३३ हजार ५००)

    प्री-अर्डर: १५ सेप्टेम्बरबाट सुरु

    बिक्री: १९ सेप्टेम्बरबाट सुरु

    साभार ःसाझासबाल

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology