समायेाजन खबर, शेर्पा भाषामा पहिलो पटक प्ररशारण हुन लागेको शेर्पा भाषाको कार्यक्रम शेर्वी ञ्येन्ठिन शनिबार एक कार्यक्रम आयोजना गरि उद्घाटन गरि प्रशारण शुरु गरिएको छ ।
शेर्पा सञ्चार समुह नेपालको कार्यलयमा सम्पन्न उद्घाटन कार्यक्रम नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पाबाट कार्यक्रमको उद्घाटन गरिएका थियो । शेर्पा समुदायमा भाषा, कला, संस्कार, संस्कृतिलाई संरक्षण गर्ने उदेश्यका साथ सुरु गरिएको कार्यक्रम ईन्डिजिनियस टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

सोनाम याङजी शेर्पा र ईन्डिजिनियस टेलिभिजनको बिशेष पहलमा सुरु हुन लागेको कार्यक्रमलाई व्यावस्थित रुपमा दिर्घकालिन रूपमा लैजान ईन्डिजिनियस टेलिभिजन र शेर्पा सञ्चार समुह नेपालको सहकार्यमा प्रशारण गर्ने भएको हो । शेर्पा भाषा, कला, संस्कार, संकृतिलाई संरक्षण गर्ने उदेश्यले सुरु गरेको कार्यक्रम सप्तहिक रुपमा प्रशारण हुने र कार्यक्रम शेर्पा भाषामा प्रशारण हुने निर्माता तथा प्रस्तोता सोनाम याङजी शेर्पाले जनाकारी दिएको छ । आधुनिकिकरण सगै शेर्पा युवाहरुको भाषाको प्रयोगमा कमी आउन थले पछि यो कार्यक्रमको महत्व समुदायमा रहेको शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाले बताउनु भयो । यस कार्यक्रम जन्म भएपश्चात यसलाई संरक्षण गर्नुमा शेर्पा समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भन्र्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पतिबद्धता व्याक्त गर्नु भयो । त्यसैगरी नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पाले शेर्पा समुदायको यो पहिलो कार्यक्रम सञ्चालन गरेको भन्दै खुसी व्यक्त गर्नु भयो । यस कार्यक्रमले शेर्पा समुदायको हक, अधिकार, भाषा, संस्कृतिको बिषमा जोड दिनु पर्ने र शेर्पा समुदायमा भएका बिकृतिलाई न्यूनिकराण गर्नुमा भूमिका निवार्ह गर्नु पर्ने भन्दै यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता दिनुभयो । कार्यक्रममा आफ्नो मन्तव्य दिनुहुदै इन्डिजिनियस टेलिभिजनका म्यानेजर जगत दोङले शेर्पा समुदायले यस कार्यक्रमका लागि व्यक्त गरेको प्रतिक्रियालाई सम्मान गर्दै कार्यक्रम निर्माणको क्रममा टेलिभिजनले निर्वाह गर्नु पर्ने भूमिकामा केही कमी नआउने जनाकारी दिनु भयो । साथै यो कार्यक्रलाई निरन्त रुपमा सञ्चालन गर्नका लागि समुदायको साथ साहयोगको जरुरत हुने हुनाले यसलाई सहयोग गर्न सम्पूर्ण शेर्पा समुदायलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्ने अधिकांशले यसलाई निरन्तरता दिनका लागि समुदाय सँग सहकार्य गर्दै अगाडी बढ्र्नु पर्ने र यसका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । उद्घाटन सत्रमा नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पा, आदीबासी जनाजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पा, ईन्डिजिनियस टेलिभिजनका म्यानेजर जगत दोङ्ग, फोनिज साखा काठमण्डौका अध्यक्ष मिरा आमिथ्या, आचार्य नुर्वु शेर्पा, आचार्य सार्की शेर्पा, आचार्य कर्मा रिन्जी शेर्पा, नेपाल शेर्पा महिला संघका ङिमी शेर्पा, पत्रकार नुरु छेपाल शेर्पा, छेटु शेर्पा, वाङछु शेर्पा, आरोही पेम्बा शेर्पा, समाजसेवी देण्डी शेर्पा, नायक कुङगा शेर्पा, गायक आङ तेन्जी शेर्पा, फूर्वा शेर्पा, मोडेल पासाङ्ग ल्हामु शेर्पा लगायत शेर्पा समुदायकका युवाहरुको उपस्थिति रहेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology