• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मौरीबाट वार्षिक ३ लाख कमाउँने छबिलालको कथा

मौरीबाट वार्षिक ३ लाख कमाउँने छबिलालको कथा

सिजनमा एक घारबाट २० देखी २५ केजी मह उत्पादन


चिसाङ शेर्पा
  • आइतबार, भाद्र २५ २०७४

  • चिसाङ शेर्पा भदौ ÷२५ खोटाङ,

    खोटाङमा मौरी पालन व्यवसाय फस्टाएको छ । मौरी पालनको लागि उपयुक्त हावापानी र चरीचरनको व्यवस्था भएसंगै जिल्लाका अधिकांश गाउँमा मौरीपालन गर्नेहरु बढेका छन् । तर व्यवसायीक रुपमा मौरीपालन अंगाल्नेहरु भने जिल्लामा औलामा गन्न सकिन्छ ।
    खोटाङ दिप्रुङ्ग गाउँपालिका–१, याम्खाका छबिलाल मगरले व्यवसायकै रुपमा मौरी पालन गरेका छन् । जिल्ला घरेलुबाट सिप विकासअन्तर्गतको मौरीपालन तथा मह प्रशोधन सम्वन्धि तालिम लिएर आधुनिक घार खरिद गरेर व्यावसायिक रुपमा मौरी पालन व्यवसाय गर्न थालेपछि छबिलालले बार्षिक दुई देखि तीन लाख सम्म आम्दानी गर्दै आएका छन् । याम्खाको बजारमा बस्दै आएका छबिलाले मौरीपालन गर्नकै लागि बजारमा भएको आफ्नो घर र जग्गालाई समेत बेचेर गाउँमा गएर व्यावसायिक रुपमा मौरीपालन व्यवसाय शुरु गरेका हुन् ।

     

     

    जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट तालिम लिएको छोटो समय दुई वर्षपछि नै छबिलाल वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल बनेका छन् । सिजन परेको खण्डमा एउटा घारबाट २० देखी २५ केजी मह उत्पादन गर्न सकिने छबिलाल बताउँछन् । उत्पादित मह प्रतिकेजी ८ सयको दरले घरबाट नै बिक्री हुने गरेको छ । मौरीपालन व्यवसायबाट छबिलाल सन्तुष्ट छन् । छबिलालको आधुनिक घारमा सेराना जातका मौरी छन् । मौरीपालन व्यवसायबाटै आफ्नो परिवार चलिरहेको उनि बताउँछन् । छबिलाल भन्छन्, ‘मौरीपालनबाट जहान परिवार पालेको छु, थोरै भएपनि बैङ्कमा बचत गर्ने गरेको छु ।’ मौरी पालनसँगै छबिलालले बस्तुभाउ पालन, धान, मकै लगायतका खेती समेत गर्दै आएका छन ।

     

    छबिलाल परबाट बोलाएको मज्जाले सुन्दैनन् । उनलाई नजिकबाट कानको छेउमा गएर बोलाएपछि मात्र सुन्छन् । कान मज्जाले नसुनेतापनि अहिलेसम्म घरेलुबाट सिप लिएकाहरु मध्ये सबैभन्दा उन्नती छबिलालले गरेको जिल्ला घरेलु तथा साना उद्योघ विकास समितिका उद्योग अधिकृत लोकनाथ खतिवडाले बताए । छविलालले शुरु गरेको पेशामा घरका अन्य सदस्यले पनि खुलेर साथ दिएका छन् । अरुको श्रीमानहरु खाडि मुलुकमा गएर पसिना बगाई रहँदा आफ्नो श्रीमान्ले आफ्नै गाउँ घरमा परिवार सँग रहेर मनग्य आम्दानी गर्दा श्रीमती पनि खुसी छिन् । महका साथै उनले पछिल्लो समय मौरीको घारसमेत बिक्रि गर्ने योजना बनाएका छन् । मह किन्न व्यवसायीहरु घरमै पुग्ने हुँदा बजारको समेत समस्या हटेको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology