मोबाइल फोन पानीमा भिजेर वा डुबेर हैरान हुन भएको छ रुमोबाइल भिजेका कारण कहिलेकाही मोबाइल अन नै नहुने समस्या समेत हुने गरेको छ । अझ पानी पर्ने समयमा जोगाउन खोज्दा खोज्दै मोबाइल पानीमा भिज्ने सम्भावना हुन्छ ।
भिज्यो भने कसो गर्ने त ?
मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलाई सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस् । ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस् । मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भनेपनि निकाल्नुहोस् ।
तपाइँको भिजेको स्मार्टफोन विस्तारै नरम कपडाले पुछ्नुहोस् । सम्भव भएमा सानो भ्याकुम क्लिनरले भित्रको पानी बाहिर निकाल्ने कोसिस गर्नुहोस् । तर भ्याकुन क्लिनर फोनको धेरै नजिक लग्ने तथा हेयर ड्रायर प्रयोग गर्ने काम नगर्नुस् ।
तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जुन सेतो रंगको हुन्छ । जब तपाइँको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ । यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाइँले बिक्रेताबाट वारेन्टी बापतको सुविधा पाउनुहुन्छ ।
मोबाइललाई सुख्खा प्लास्टिक ब्याग तथा हावा नछिर्ने भाँडोमा राख्नुपर्छ । त्यस्तै मोबाइललाई चामल भरिएको भाँडोमा चामलभित्र घुसाएर रातभर राख्नुहोस् । चामलले मोबाइल भित्रको पानी सोस्दछ ।
मोबाइल फोन भिजिसकेपछि यसलाई पुनः सुचारु गर्न कम्तीमा पनि एक दिन कुर्नुपर्छ । तबमात्र यसभित्रको पूरै चिस्यान र पानी बाहिर निकाल्न सकिन्छ ।
मोबाइलको भित्री भाग, पोर्ट, ड्राइभ तथा कुनाकाप्चामा पानी तथा चिस्यान छैन र सुख्खा छ भन्ने निश्चित गर्नुहोस् । ब्याट्री राखेर मोबाइल रिस्टार्ट गर्नुहोस् ।
पानीमा डुव्ने वित्तिकै भन्दापनि यसमा रहेको पानी सोस्नका लागि एक दिन कुर्नुहोस् । र पुनः प्रयोग गरिहेर्नुहोस् । अन नभएको खण्डमा नजिकको रिपेयर सेन्टरमा लानुहोस् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology