• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङको चार वडामा १८६ महिलाको पाठेघर खसेको तथ्यांक सार्वजनिक

खोटाङको चार वडामा १८६ महिलाको पाठेघर खसेको तथ्यांक सार्वजनिक

गाउँमा आङ खसेका महिला अधिक मात्रामा पाईयो


चिसाङ शेर्पा
  • शुक्रबार, भाद्र २३ २०७४

  • चिसाङ शेर्पा भदौ÷२३ खोटाङ,
    खोटाङको चार वडामा १८६ महिलाको पाठे घर खसेको तथ्यांक सार्वजनिक भएको छ । पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको वाताबरण कृषि तथा विकास केन्द्र (केड)ले सार्वजनिक गरेको तथ्यांक अनुशार दिप्रुङ गाउँपालिका, ऐसेलुखर्क र केपीलासगढी गाउँपालिकाको चार वडामा पाठेघर खसेका महिलाको संख्या अधिक पाइएको उल्लेख छ ।

     

    दिप्रुङ गाउँपालिका–१ याम्खाका ३५ जना, दिप्रुङ गाउँपालिका–७ टेम्माका ६० जना, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ६५ जना र केपीलासगढी गाउँपालिका–६ दिप्सुङका २६ महिलाको पाठेघर खसेको पाइएको वाताबरण कृषि तथा विकास केन्द्रकी खोटाङ संयोजक सुजता श्रेष्ठले बताईन् ।

    शुक्रबार दिक्तेलमा आयोजित आङ खस्ने सवाल र प्रजनन् अधिकार विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा केन्द्रले अधिकांश महिलाले पाठेघर खस्ने समस्यालाई लुकाई रहेको पाइएको जनाएको छ । पहिचान भएका अधिकांश महिलाको आङ योनीको मुखमा वा योनीबाहिरै निस्किसकेको पाइएको संयोजक श्रेष्ठको भनाई छ । जिल्लामा करिव १७ प्रतिशत महिलाको पाठेघर खसेको अनुमान छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology