• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हौंचुरमा एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन तिव्र

हौंचुरमा एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन तिव्र

प्रतिबद्धता अनुसार अहिलेसम्म ६ लाख १५ हजार संकलन


चिसाङ शेर्पा
  • मंगलबार, भाद्र २० २०७४

  •  

    भदौ÷२० खोटाङ,

    खोटाङको लामिडाडाँ गाउँपालिकाको हौंचुरमा एम्बुलेन्स खरिदका निम्ती एम्बुलेन्स सेवा समिती गठन गरिएको छ । स्थानीय गजेन्द्र राईको संयोजकत्वमा पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई समिती तयार पारिएको हो । गत साउन २६ मा गठन गरिएको समितीले नेपालसहित विभिन्न मुलकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको समितीका संयोजक राईले बताए ।

    “प्रतिबद्धता अनुसार अहिलेसम्म ६ लाख १५ हजार संकलन हुने निश्चित भएकोे छ । २०७३ चैत्र २० वाट सुरु गरिएको अभियानमा नेपाल, जापान, साउदी, कतार, दुवाई, मलेसिया, कुवेत, वहराईनमा रहेका हौंचुरवासीहरुले सहयोग गरिरहेको जनाएको छ ।”

    हौचुरवासी तथा अन्य स्थानका मानिसहरुले सहयोग गर्न सकिने अभियानमा अहिलेसम्म २७ जनाले रकमसहित सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता अनुसार अहिलेसम्म ६ लाख १५ हजार संकलन हुने निश्चित भएकोे छ । २०७३ चैत्र २० वाट सुरु गरिएको अभियानमा नेपाल, जापान, साउदी, कतार, दुवाई, मलेसिया, कुवेत, वहराईनमा रहेका हौंचुरवासीहरुले सहयोग गरिरहेको अभियानले जनाएको छ ।

     

    आगामी चैत्र मसान्तसम्म सञ्चालन हुने अभियानवाट एम्बुलेन्स खरिदका लागि आवाश्यक रकम संकलन हुने अभियानका संयोजक राईको भनाई रहेको छ । तोकिएको समयसिमा भित्र पर्याप्त रकम अपुग भए समय थपगरी पुनः अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । एम्बुलेन्स खरिदजस्तो कार्यमा सहयोग गर्न चाहानुहुनेले प्रभु वैंक अनामनगरमा गजेन्द्र राई र हिमालजंग राईको नाममा रहेको खाता नम्बर ००११०२००८८६१७३०००००१ मा जम्मा गर्न सकिने समितीले जनाएको छ । युरोप देशकाहरुले सहयोग गर्नुपरे पिआर भियुएन पिकेए स्वीफ्ट कोड राखेर माथीको खाता नम्बरमा पैसा जम्मा गर्न मिल्नेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology