काठमाडौं- सरकारले निजामती सेवामा आरक्षण लागू गरेको दशौं वर्ष पुग्न लाग्दा पनि दलितहरूको प्रवेश २ प्रतिशतभन्दा बढी हुन नसकेको जनाइएको छ । नेपाल दलित कर्मचारी समाजले शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो जनाएका हुन् ।
सरकारले निजामती सेवामा आरक्षण लागू गरेको दश वर्ष पुग्न लाग्दा पनि उल्लेनीय उपस्थिीति हुन नसकेको भन्दै सरकारले उनीहरूको लागि सरकारले लोकसेवा तयारी कक्षाको लागि व्यवस्था गर्नुपर्ने बताएका छन् । अधिकांश लोकसेवा तयारी कक्षाका तालिम राजधानीमै हुने र राजधानीमा आएर तालिम लिन नसकेका कारण कम उपस्थिीति भएको नेपाल दलित निजामती कर्मचारी संंघका महासचिव उदवीर नेपालीले बताए । ‘आरक्षण त छ तर तयारी कक्षा लिन आउन राजधानीमा बस्ने, खाने खर्च उनीहरुसँग हुँदैन,’ नेपालीले भने, ‘सरकारले बिशेष बजेट छुट्टयाएर तयारी कक्षा दिलाउने हो भने उल्लेखनीय उपस्थीति सम्भव छ ।’
‘प्रशासन समूह र तल्लो तहमा केही उपस्थिति भए पनि परराष्ट्र तथा उच्च निकायमा अहिले पनि उपीस्थीति शून्य सरह छ,’ दलित कर्मचारी संघका अध्यक्ष महेन्द्र विश्वकर्माले भने । कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्यमन्त्री मीन विश्वकर्माले दलितहरूमा निहित पैसामुखी र गैरसरकारी संस्थामुखी सोचले निजामती सेवा अझै पनि प्राथमिकतामा नपरेको र कतिपयको हकमा सूचना प्रवाह हुन नसकेको बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology