• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फलामे कोशेलीघरमा खुकुरी, कट्टीको माग बढ्दो

फलामे कोशेलीघरमा खुकुरी, कट्टीको माग बढ्दो

सिरुपातेदेखी फ्रान्सेली खुकुरी एकै ठाउँमा


चिसाङ शेर्पा
  • आइतबार, भाद्र १८ २०७४

  • भदौ ÷ १८ खोटाङ,

    सदरमुकाम आपसपासका ग्राहकबर्गमा लक्षितगरी फलामजन्य औजारका मागलाई जिल्लामै परीपुर्ती गर्ने उद्देश्यले खोटाङ्ग दलित उधमी सहकारी संस्था लिमिटेडद्दारा सञ्चालित एकमात्र फलामे कोसेली घरले भोजपुरे खुकुरीसहित दैनिक प्रयोग हुने दर्जनौ फलामे औजार प्रक्रियागत रुपमा बिक्री बितरण गरीरहेको जनाएको छ । गतवर्ष साउन २ गतेवाट सदरमुकाम दिक्तmेल २ त्रिबेणीचोकमा फलामे कोशेली घर सञ्चालनगरी स्थानिय स्तरमा निर्माण हुने तथा नेपालैभरी चर्चामा रहेको भोजपुरे खुकुरी उपलब्ध गराईरहेको छ ।

    “न्यु भोजपुरे खुकुरी तथा कृषि औजार निर्माण उधोगले निर्माण सम्पन्न गरेकोे खुकुरी आयतगरी जिल्लामा बिक्री गरिरहेको छ । सहकारी ऐन ०४८ बमोजिम स्थापित भएको फलामे कोशेली घरमा सिरुपाते खुकुरीे, बुदुने खुकुरीे, नाईन चक्कु, फ्रान्सेली खुकुरी, कट्टी, चुलेसी, कचियाँ, चिम्टा, कुटो, कोदालो लगायतका विभिन्न औजारहरु एकैठाउँमा सुपथ मुल्यमा पाईने सुविधा मिलाईएको कोशेलीघरका सञ्चालक उज्ज्वल सुयलले बताए । सिरुपाते खुकुरी र कट्टीको मात्र महिनामा १० देखी १५ वटासम्म क्रेताहरुको माग हुने गरेको छ ।”

    कोसेली घरले कालिगढ पेशा गर्नेहरुलाई प्रोत्साहन, निर्मित एकादुई फलामे औजार बिक्री गर्ने झन्झटलाई एकैमुष्टरुपमा कोशेलीघरले खरिद गरिदिने, गाउँघरमा कालिगढ सञ्चालन गरिरहेकालाई साना उधोगमा स्थापित गराउने, बजार गएर फलामे औजारहरु खोज्नुपर्ने, मुल्य तथा बनावटमा चित्त नबुझ्ने ग्राहकहरुको समस्या र समय बचत गर्ने सञ्चालक सुयलले बताए । कोसेलीघरमा आयत भएका खुकुरीहरु प्रतिगोटा १५ सयदेखी ४ हजार रुपैयाँमा २÷३ वटा दैनिक बिक्री हुने गरेको छ ।

    स्थानिय स्तरमा पाईने पुराना तथा पुरातात्विक कुराहरु दिनानुदिन लोप हुंदै गईरहेको अवस्थामा ईतिहास तथा चिनारी दर्शाउने नेपालीहरुको पहिचान गुमनाम हुँदै जाँदा आफ्नो पेशा तथा चिनारीलाई सुरक्षित राख्नका निम्ती फलामे कोशेलीघर सञ्चालनमा राखिएको खोटाङ्ग दलित उधमी सहकारी संस्थका अध्यक्ष मिलन परियारले बताए । भोजपुरबाट खुकुरी खरिद गरेर आयत गर्ने गरेका छौ, यो परनिर्भर रहेको अवस्थालाई मध्यनजर राख्दै चाँडै जिल्लाकै विभिन्न गाविसमा निर्माण हुने फलामे औजार संकलन गरी वाहिरी जिल्लाबाट आयत बन्द गर्ने र अवाश्यक कच्चापदार्थ निर्यात गरी जिल्लाकै जनशतिmलाई तालिम दिई भोजपुरे खुकुरी निर्माण गरिने सहकारी संस्थाका अध्यक्ष परियारले बताए ।

    १७ सदस्यीय कमिटी रहेको उतm संस्थाले सदरमुकाम हाटडाडाँमा छाला संकलन केन्द समेत सञ्चालन गरेको छ । हाटडाडाँमा शनिवार र बुधवार बधशालामा जम्मा हुने राँगाका संकलित छाला कच्चापदार्थ उत्पादनका लागी बिराटनगर निर्यात गरीरहेको खोटाङ्ग दलित उधमी सहकारी संस्थाले जनाएकोे छ । खोटाङ्गलाई लठ्ठीले प्रसिद्द जिल्ला भनेर चिनिदा जिल्लामा लठ्ठीनै उत्पादन नभएको समयमा संघले सदरमुकाम आसपासका गाविसलाई फलामे औजारमा कमी हुन नदिने उद्देश्यले संस्थाको लगानीमा फलामे कोशेलीघर सञ्चालन भएको हो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology