• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इन्टरनेट स्पिडमा नेपाल भारतभन्दा अगाडि

इन्टरनेट स्पिडमा नेपाल भारतभन्दा अगाडि


समायोजन खबर
  • आइतबार, भाद्र १८ २०७४

  • फाईल तस्विर

    एजेन्सी । अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेटको स्पिड जाँच गर्ने एजेन्सी ओक्लाका अनुसार विश्वमा सबैभन्दा उच्च गतिको मोबाइल इन्टरनेट सेवा भएको मुलुक नर्वे हो ।
    पछिल्लो १३ महिनामा नर्वेले मोबाइल इन्टरनेटको क्षेत्रमा अद्वितीय फड्को मार्दै शीर्षस्थानमा पुगेको हो । यसबीचमा नर्वेले मोबाइल इन्टरनेट स्पिडमा आफ्नो अवस्था ११ स्थान माथि पु¥याउन सफल भएको छ ।

    ओक्लाले इन्टरनेट स्पिड मापन गर्नका लागि स्पिडटेस्ट डट नेट नामक एप तयार गरेको छ । जसको सहयोगमा प्रयोगकर्ताले स्मार्टफोनमै जुनसुकै बेला आफ्नो इन्टरनेटको स्पिड जाँच गर्न सक्छन् । स्पिडटेस्ट डट नेटको आँकडाअनुसार नर्वेको मोबाइल फोनमा चल्ने इन्टरनेटको स्पिडमा पछिल्लो एक वर्षमा ६९ प्रतिशतले तीव्रता आएको छ । अहिले त्यहाँको इन्टरनेटको स्पिड ५२.६ मेगाबाइट प्रतिसेकेन्ड छ ।

    नर्वेको दूरसञ्चार सेवा प्रदायक टेलिनरले गत सेप्टेम्बरमा व्यक्तिगत स्तरमा प्रयोग हुने इन्टरनेटको स्पिड बढाइदिएको थियो । नर्वेमा टेलिनरसहित कुल तीन वटा दूरसञ्चार एजेन्सी छन् । जसले आफ्नो मोबाइल नेटवर्क स्थापित गरेका छन् ।

    हालैका वर्षहरुमा अन्य दुई कम्पनी टेलिया र आइस डट नेटले पनि आफ्नो फोरजी नेटवर्क सुदृढ पार्नका लागि धेरै लगानी गरेका छन् । विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट सेवाको हिसाबले नेदरल्यान्ड दोस्रो र हंगेरी तेस्रो स्थानमा छ । त्यस्तै चौथोमा सिंगापुर र पाँचौंमा माल्टा छन् । अस्ट्रेलिया, युएइ, दक्षिण कोरिया, बेल्जियम र आइसल्यान्ड क्रमशः दसौँ स्थानमा छन् ।
    चीन पन्ध्रौँ, अस्ट्रिया अठारौँ, बेलायत चालीसौँ, अमेरिका ४६ औँ र जापान ५५ औँ स्थानमा छन् । त्यस्तै, पाकिस्तान ९८ औँ, श्रीलंका १०२ औँ स्थानमा छन् ।

    भारत भन्दा नेपाल अगाडि
    विश्वमा मोबाइल इन्टरनेटको स्पिडमा भारतभन्दा नेपाल एक स्थान अगाडि देखिएको छ । स्पिडटेस्ट ग्लोबल इन्डेक्स अनुसार नेपाल १११ औँ स्थानमा छ भने भारत ११२ औँ स्थानमा छ । ओक्लाको रिपोर्टमा नेपालको मोबाइल इन्टरनेटको स्पीड ८.३२ बाइट प्रतिसेकेण्ड र भारतको ८.१८ प्रतिसेकेण्ड रहेको देखाएको छ । दक्षिण एसियाली देशहरुमध्ये अफगानिस्तान ११९ र बाङ्लादेश १२० औँ स्थानमा छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology