• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उत्तर कोरियाद्वारा अत्याधुनिक हाइट्रोजन बम परीक्षण,६.३ रेक्टरको झड्का

उत्तर कोरियाद्वारा अत्याधुनिक हाइट्रोजन बम परीक्षण,६.३ रेक्टरको झड्का

परमाणु परिक्षणले भुकम्प गएकेा हुन सक्ने अनुमान


समायोजन खबर
  • आइतबार, भाद्र १८ २०७४

  • एजेन्सी । उत्तर कोरियाले अत्याधुनिक क्षमताको नयाँ परमाणु हतियारको परीक्षण गरेको छ । हाइट्रोजन बम परीक्षणका कारण ६.३ रेक्टर स्केलको भूकम्पको झड्का महसुस गरिएको अमेरिकी भूगर्भ विज्ञले जनाएका छन् । जसको गहिराई दस किलोमीटर रहेको जनाइएको छ ।

    झड्का लगत्तै दक्षिण कोरियाले राष्ट्रीय सुरक्षा परिषदको बैठक बोलाएको छ । दक्षिण कोरियाली अधिकारिका अनुसार यो झड्काको केन्द्रबिन्दु उत्तर कोरियाको परमाणु परीक्षण स्थल नजिकै रहेको छ । यस्तै भूकम्पमाथि नजर राख्ने चीनिया सस्थांनले पनि यो झड्का परमाणु परीक्षणको हुन् सक्ने जनाएको छ ।

    केहीबेर अगाडी मात्र उत्तर कोरीयाली सरकारी समाचार एजेन्सीले नेता किम जोङ उनले हाइट्रोजन बमको निरिक्षण गरिरहेको तस्विरहरु सार्वजनिक गरेको थियो । नेता किम जोङ उनले परमाणु हतियार संस्थानका वैज्ञानिकलाई सो हतियार परीक्षणका लागि निर्देशन दिएको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको थियो ।

    उत्तर कोरियाले अत्याधुनिक क्षमताको नयाँ परमाणु हतियारको विकास गरिएको जनाएको थियो । ब्यालेस्टिक मिशाइलमा लोड गर्न मिल्ने दावी गरिएको सो हाइट्रोजन बम अहिलेसम्मको विकसित र अधिक क्षमता भएको बताइएको छ ।

    अघिल्लो साता मात्र उत्तर कोरियाले मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापान तर्फको सीमामा प्रहार गरेको थियो जसका कारण त्यहाँका स्थानिय अधिकारीहरुले स्थानीय वासिन्दालाई सुरक्षित रहन सुझाएका थिए । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अमेरिकाको धम्किबीच उत्तर कोरियाले पटकपटक परमाणु हतियारको परिक्षण र प्रक्षेपण गर्दै आएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology