भदौ÷१७ कतार,
गैर आवसीय नेपाली संघ एनआरएनए कतारको अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल (नविन) निर्वाचित भएका छन् । आफ्ना प्रत्यासी मो. मुक्तदा मुसलमानलाई ७७ मतले पछि पार्दै आगामी एनसिसि कतारको २०१७ र २०१९ कार्यकालका लागि नयाँ निर्वाचित भएका हुन ।
एनआरएनएको कतारको उपाध्यक्षमा तेज कटुवाल, द्धितिय उपाध्यक्ष सुदर्शन भट्ट,तृतिय उपाध्यक्षमा केशब ढकाल निर्वाचित भएका छन् । तृतिय उपाध्यक्षका प्रत्यासी देबिका केसी गुरुङले अन्तिम समयमा आफ्नो उम्मेदवार फिर्ता गर्नु भएको थियो । देबिकाले चुनाव हुनु भन्दा पहिल्यै आफुले उक्त पदबाट उम्मेदवारी फिर्ता लिएर केशब ढकाललाई समर्थन गरेको निवेदन निर्वाचन समितीलाई पेस गरेपछि ढकाल स्वत तृतीय उपाध्यक्षमा निर्वाचित भएका हुन ।
महासचिव बुधबल गुरुङ, सचिव रामजी खत्री र युवराज शर्मा निर्वाचित भएका छन् भने सह कोषाध्यक्ष खगबहादुर खत्री (यासीन मामा) विजयी भएका छन् । खुल्ला सदस्यहरूमा चिरन्जिवि तिम्सीना, टंक कुमार खड्का, बिजयराज अधिकारी, बिनोद प्रसाद बसौला, रुद्रप्रसाद आचार्य र रेशमबहादुर बस्नेत विजयी भएका छन् ।
यस्तै, प्रदेश नं १ बाट अरुण कुमार के.सी, प्रदेश नं २ रामकुमार मण्डल, प्रदेश नं ३ नारायण बिष्ट, प्रदेश नं ४ आश बा. गुरुङ, प्रदेश नं ५ बाट बुद्ध पाण्डे निर्वाचित भएका छन् । लेखा समिती संयोजकमा राम प्रसाद गौतम, लेखा समिति सदस्यहरूमा बुद्धिप्रसाद भण्डारी र शिवप्रसाद बास्तोला निर्वाचित भएका छन । अनुशासन तथा अनुगमन समिती संयोजकमा नन्दप्रसाद ढुङ्गाना तथा सदस्यहरूमा शिवराज भट्टराई र सीताराम थापा निर्वाचित भएका हुन् ।
कोषाध्यक्ष – उत्तम गुरुङ्ग
महिला संयोजक – सरिता गुरुङ्ग
यूवा संयोजक – लोक माया क्षेत्री (मायाँ केसी)
महिला सदस्य – सपना पुन
प्रदेश नं ६ सदस्य – वसन्त कुवँर
प्रदेश नं ७ सदस्य – नरेन्द्र प्रसाद जैसी
मुस्लीम सदस्य – शेख अब्दुल खलिक र मोहम्मद उज्जेर
आदिवासी जनजाती सदस्य – श्याम कुमार लिम्बु र रामबाबु मण्डल
दलित समुदाय सदस्य – भिम सुनार र छविलाल सुचिकार
तराई मधेस समुदाय सदस्य – वली ठाकुर र विश्वनाथ ठाकुर हजाम भने पहिले नै निर्विरोध निर्वाचित भईसकेका थिए ।
एनआरएनए आईसिसि सदस्यको २ पदका लागी कुमार कार्की र विमल शुबेदी निर्वाचित भएका छन् । उनिहरू दुबैले प्रत्यासी केबि हमाल र प्रेम बहादुर बिकलाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology