भदौ १७ खोटाङ,
विबाहका लागि केटी हेर्न जाँदै गरेका युवकको ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा मृत्यु भएको छ । काठ्माण्डौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
केटीको घर नपुग्दै शेर्पाको जीपमा च्यापिएर मृत्यु भएको जनाइएको छ । उनको उद्धारमा ढिलाइहुँदा मृत्यु भएको स्थानीयको भनाई छ । ब्रेक फेल हुँदा जीप सडकबाट पल्टिएको थियो । जीप दुर्घटनामा सोही ठाउँका किपा शेर्पा, डाली शेर्पा, लामाङ डेन्डी शेर्पा, आङ डेन्डी शेर्पा, दोर्जी शेर्पा, पशी शेर्पा, आङ गम्बु शेर्पा र थोक्पा शेर्पा घाइते भएका छन् । घाईतेलाई उपचारका लागि रामेछापतर्फ पठाइएको प्रहरीले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय खिजीफलाँटेले नियन्त्रणमा लिएको छ ।
यस्तै, ओखलढुंगाको चम्पादेबी गाउँपालिका–२ नवलपुरबाट पलापुतर्फ जाँदै गरेको बा ४ ख ८०९८ नम्बरको ट्रक दुर्घटना हुँदा नाम र थर खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ । मिनी ट्रक दुर्घट्नामा ओखलढुंगा चम्पादेवी–१ का युवराज बराल, अर्जुन रोका, काभ्रे भकुन्डेवेसीका हिरा तामाङ र सोही ठाउँका सुजन सापकोटा घाइते भएका छन् । घाइतेलाई उपचारको लागि विएण्डवी अस्पताल काठ्माण्डौं पठाइएको प्रहरीले जनाएको छ । ट्रकका चालक सिन्धुली फिक्कल गाउँपालिका–२ का यमकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology