
समायोजन खवर भदौ १३ खोटाङ,
हङकङमा बसोबास गरिरहेका किरात समुदायले किराती पुर्खा तायामा÷खियामा दिवस मनाएका छन् । किरातीको पुर्खाको सम्मानमा किरात राई चाम्लिङम्बातिम (महिला विभाग)को आयोजनामा बगैंचा पार्टी प्यालेसमा जोडनमा किराती पुर्खा तायामा÷खियामा दिवस मनाइएको हो । मौलिक खानपान र भेषभूषा प्रतियोगीता तथा किरात राई जातीको मौलिक पहिचानजन्य विषयमा अन्तरक्रीया गर्दै तायामा÷खियामा (दिदि वहिनी) दिवस मनाइएको खोटाङ घर भइ हाल हङकङ बसोबास गरिरहेका तेजप्रकाश राईले जानकारी दिए ।
मौलिक भेषभूषा प्रतियोगीतामा पुमा तुप्खा बाङ्खालाकी पबिता पुमा राई र सेन्नेरिका पुमा राई प्रथम, वान्तवा यायोक्लाखीम द्धितीय, कोयीकीम तृतीय र साम्पाङ जुम्लेखाले शान्त्वना पुरस्कार जितेको किरात राई चाम्लिङ खाम्बातिमले जनाएको छ । विजेतालाई चाम्लिङ खाम्बातिमका अध्यक्ष पिताम्बर राई, किरात राई यायोक्खाका अध्यक्ष रजीन राई, कार्यक्रमकाकी अध्यक्ष कल्पना राई लगायतले पुरस्कार प्रदान गरे । महिला भए पनि एनआरएनए लगायतका संघसंगठनको महत्वपूर्ण पदमा पुगेकी टिका गुरुङ, रिता गुरुङ लगायतलाई कार्यक्रमको अवशरमा सम्मान गरिएको छ ।
तायामा÷खियामालाई किरातीको आदिम पुर्खा मानिन्छ । लोकोक्ती अनुशार तायामा÷खियामा दिदि बहिनी हुन् । खेतीपाती र किराती संस्कारको सुरुवात गरेको कथन अनुशार तायामा÷खियामालाई किरात समुदायले श्रद्धा गर्ने गर्छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology