• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शोभाले पाइन उपचारका लागि ७ लाख ५३ हजार ४ सय ५६, मुटुको अपरेशन गर्दै

शोभाले पाइन उपचारका लागि ७ लाख ५३ हजार ४ सय ५६, मुटुको अपरेशन गर्दै


समायोजन खबर
  • बुधबार, असार ७ २०७४

  •  

    चिसाङ शेर्पा असार०७ खोटाङ

    विभिन्न मुलुकवाट ठूलो मात्रामा आर्थिक सहयोग जुटेपछि रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथला हाँबुका २४ वर्षिय मुटु रोगी शोभा राईले आगामी शुक्रवार मुटुको अपरेशन गर्ने भएका छन् । तीन महिनाको अवधिमा ७ लाख  ५३ हजार ४ सय ५६ रुपैयाँ आर्थिक सहयोग मिलेपछि मुटुको अपरेशन गर्ने भएका हुन् । सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंले मुटुको एउटा भल्ब ड्यामेज भई बेकामे भएका, दुईवटा भल्वले पनि काम गर्न छोडेको पुष्टि गरे लगत्तै शोभाका परिवारले आर्थिक स्थिती कमजोर भएको र जीवन बचाउँका लागि सहयोगको अपिल गरेका थिए । तीन वर्षिय एक छोराका आमा शोभाका लागि नयाँ जीवनका निमित्त ८ भन्दा वढी मुलुकमा ‘शोभा राई बचाआंै’ अभियान सञ्चालनमा आएकोे थियो ।
    करीव तीन वर्षयता मासिक १५ हजारका दरले औषधी सेवनका भरमा जीवन धानिरहेका विरामी शोभाका लागि आफन्त तथा शुभचिन्तकहरुले झण्डै तीन महिनामा आठ लाखको हाराहारीमा उतm रकम संकलन गरेका हुन् । जापान निवासी दोर्पा दारुला ९ का रामकुमार राईवाट ब्यतिmगत ५१ हजार ५ सय ४८, दिल कुमार राई कतार १९ हजार, दोर्पा ९ सिमलडाडाँ राजनशेर राई कतार ११ हजार ७ सय १०, दोर्पा ७ निवासी राजकुमार राई मलेशिया १० हजार,मलेशियावाट राजकुमार मगरको सकृयतामा ४६ हजार ९ सय ३३ रुपैयाँ सहयोग प्राप्त भएको होे ।
    रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलाका तारा नाछिरिङ राई, रविन राई, मन्दत राईका पहलमा साउदी अरववाट १ लाख, कुमार राईको नेतृत्वमा २९ हजार, नुनथला २ धौलाङ्गका गोपाल राईको पहलमा युकेदेखी १ लाख ४० हजार ६ सय ५२, सिंगापुरवाट नुनथला ४ पुईलुङका धर्मेन्द्र राईका सकृयतामा ९७ हजार २० रुपैयाँ आर्थिक सहयोग मिलेको छ ।

    यस्तै, नारायण देउजा, राम सुन्दर राई र सन्जिव थापाको सकृयतामा कोरियावाट १ लाख ६ हजार ६ सय ६४, कुवेतवाट तेजेन्द्र राई र भीम राईको पहलमा ८२ हजार ९ सय २९ गरी साँढे सात लाख शोभाका लागि आर्थिक सहयोग संकलन भएको छ ।
    दोर्पा चिउरीडाडाँ ९ घर भई नुनथला ३ हाँबुमा विवाहगरी हाल झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाको तीनवर्षका एक छोरा छन । मासिक १५ हजारको हाराहारीमा औषधी खरीद गर्नुपर्ने र पारिवारीक स्थितीले धान्न नसक्ने स्थिती भएपछि उनका श्रीमान ५ महिना अघिदेखी रोजगारीका शिलसिलामा साउदी अरबमा रहेका छन् ।
    न्यनतम दुईसय अमेरिकी डलरदेखी एक हजार डलरमा भल्व खरिद गरेर अपरेशनको माध्यमवाट भल्व राख्न सकिने अस्पतालले जनाएसंगै शोभाका लागि ठूलो मात्रामा आर्थिक सहयोग जुटको हो । आफ्नो जीवन संगिनीसहित एक नाबालक छोराको समेत भविष्य सुनिश्चित गर्न उतm सहयोग रकमले टेवा पुग्ने बताउँदै सहयोगीदाताहरु भगावनको रुपमा लिएको शोभाका श्रीमान रविन राईले साउदीवाट बताए । राईले भने ‘आफ्नो विरामी श्रीमतीलाई औषधीसम्म किन्न पैसा नहुँदा प्रवासवाट कल्पना गरेभन्दा ठूलो सहयोग पाउँदा हर्षविभोर भएको छु, यो तपाईहरुकै देन हो’।  मुटुको भल्वको समस्यावाट ग्रस्त शोभाले आउने शुक्रवार मुटुको अपरेशन गरेलगत्तै नयाँ  जीवन पाउने भएका छन् ।


    मुटुका विरामी शोभाका लागि विभिन्न मुलुकमा सहयोग गर्नुहुने सहयोगी महानुभावहरुको नामावली ।

    राजु मगर राज खोटाङ २१० आरएम, पर्शुराम उप्रेती तेह्रथुम १०५ आरएम, मन्दरजीत राई संखुवासभा १०५ आरएम , टंक बहादुर मगर खोटाङ १०१ आरएम , अमृत दाहाल खोटाङ ५१ आरएम , धन बहादुर राई खोटाङ  ५० आरएम, बुद्धि मान तमाङ खोटाङ ५० आरएम, सन्त बहादुर बि.क प्युठान ५० आरएम, चन्द्र बहादुर तमाङ संखुवासभा ५० आरएम, सजेन्द्र दाहाल संखुवासभा ३५ आरएम परमान राई भोजपुर  ३० आरएम, सनम नेपाली झापा  २६ आरएम, मान बहादुर दर्जी संखुवासभा  २६ आरएम, लोक बहादुर राई संखुवासभा. २५ आरएम, धन बहादुर राई संखुवासभा .२१ आरएम, राजाराम यादव बारा  २१ आरएम, अच्युत तिर्ताल संखवासभा १५ आरएम, देब नारायण सरदास  १५ आरएम, हुसेन अमर पर्सा  १० आरएम, योगेन्द्र दास धनुषा  १० आरएम, सन्तोष मुखिया  १० आरएम, भुषन कमारा पर्सा १० आरएम, आलम मियाँ पर्सा १० आरएम, अरुण पर्सा  १० आरएम, अनुरोध यादव रौतहट १० आरएम, सिकन्दर सर्मा रौतहट .१० आरएम, यश कुमार १० आरएम, राम कुमार मल्ल बारा  १० आरएम, राम धनेस्वर सप्तरी  १० आरएम, शिब चन्द्र ५ आरएम, राम नन्द चौरसिया  ५ आरएम, सुरोध शर्मा  ५ आरएम , मन्जर मियाँ बारा  ५ आरएम, राजेश चौधरी सप्तरी  ५ आरएम, समासुल मियाँ बारा ५ आरएम, राजीन्दर राय यादव  ६ आरएम , राम ओधर कुमार पर्सा . ५ आरएम, टुना मियाँ बारा  ५ आरएम, प्रदीप पर्सा  ५ आरएम, करन सरदार ५ आरएम ,उमेश चौधरी ईटहरी ५ आरएम, बिगन पासमान ४ आरएम, चन्द्रिका केवट हेटौडा ११ आरएम ,जक्त चाम्लीङ खोटाङ हलेसी हाल मलेशिया ५० आरएम , मेजन राई दोर्पा ९ खोटाङ हाल मलेशिया २०० आरएम, देबेन्द्र राई दोर्पा ९ खोटाङ हाल मलेशिया २५० आरएम , रमेश राई दोर्पा ३ खोटाङ हाल मलेशिया १०० आरएम , राम चन्द्र राई दोर्पा ३ खोटाङ हाल मलेशिया १०० आरएम, राम बहादुर राई दोर्पा ९ खोटाङ हाल मलेशिया १०० आरएम , दोर्पा ९ दारुला निबासी राम कुमार राई हाल जापान टोक्योबाट ब्यक्तीगत  नेरु ५१,५४८, दोर्पा ९ दारुला निबासी दिलकुमार राई हाल कतार ब्यक्तीगत  नेरु १९,०००, दोर्पा ९ सिमल डांडा निबासी राजन शेर राई हाल कतार ब्याक्तीगत ११,७१०, दोर्पा ७ निबासी राज कुमार राई हाल मलेशिया १०,०००, दोर्पा ९सिमल डांडा निबासी मेजन राई हाल मलेशिया ४,७६०, दोर्पा ९ सिमल डांडा निबासी देवेन्द्र राई हाल मलेशिया ५,९५०, कोरियाबाट नारायण देउजा, राम शुन्दर राई,र सन्जिब थापाको विशेष सकृयता मा १,०६,६६४,कुवेतबाट तेजेन्द्र राई र भीम राइको सकृयतामा ८२,९२९, साउदीबाट तारा राई नुनथला १ रबिन राई नुनथला २ मनदत राई नुनथला ५ उहाँहरुको सकृयतामा १,००,००० र कुमार राईको सकृयतामा २९,००० साउदी बाट जम्मा भएको संकलन रकम १,२९,०००, युकेबाट नुनथला २ का गोपाल राईको सकृयतामा १,४०,६५२, सिंगापुरबाट नुनथला ४का धरमेन्द्र राइको सकृयता मा ९७,०२०,र हंङकङ बाट धर्मराज राई र उत्रशेर राई को विशेष सकृयतामा ५८,०००, मलेशियाबाट राज कुमार मगर को सकृयतामा ४६,९३३

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology