• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खेतीयोग्य जमिन मासेर रुद्राक्षखेती

खेतीयोग्य जमिन मासेर रुद्राक्षखेती


समायोजन खबर
  • शनिबार, जेष्ठ २७ २०७४

  •  

    धनकुटा : तीन वर्षअघि रुद्राक्षका एक सय बोटबाट तीन लाख रुपैयाँ आम्दानी भएपछि महालक्ष्मी नगरपालिकाको लुम्लिङ्का नेत्र अधिकारीले अहिले खेतीयोग्य जमिन मासेर एक हजार रुद्राक्षका बिरुवा रोप्नुभएको छ । उहाँको करिब ७० रोपनी खेतीयोग्य जमिनमा अहिले रुद्राक्षको बिरुवाले हरियाली छाएको छ ।

    सोही गाउँका चन्द्र केसीले पनि धान फल्ने खेतमा रुद्राक्षको बिरुवा हुर्काउनु भएको छ । उहाँले पनि एक हजारभन्दा बढी रुद्राक्षका बिरुवा लगाउनुभएको छ । पछिल्लो केही वर्षयता रुद्राक्ष दाना बिक्रीबाट मनग्गे आम्दानी हुन थालेपछि लुम्लिङका एक सय ३० घरपरिवारले व्यावसायिक रुद्राक्षखेती गरेका छन् । कुनै बेला खाद्यान्नबालीको पकेट क्षेत्र यो गाउँ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रका रूपमा परिचित हुन थालेको गाउँका अगुवा अधिकारीले बताउनुभयो ।

    उहाँका अनुसार हरेक घरले कम्तीमा एक सयदेखि एक हजारसम्म रुद्राक्षका बिरुवा लगाएका छन् । सिजनका बेला गाउँमा रुद्राक्ष बिक्रीबाट ८० लाख रुपैयाँभन्दा बढी भित्रिन्छ । अधिकारीले दुई वर्षअघि आठ लाख रुपैयाँ बराबरको रुद्राक्ष दाना बिक्री गर्नुभएको थियो । तर, पोहोर साल बजार भाउ केही खस्किएका कारण ६ लाख रुपैयाँ मात्रै आम्दानी भएको उहाँले बताउनुभयो । अहिले रोपेको एक हजार रुद्राक्षका बिरुवामध्ये एक चौथाइ बिरुवामा मात्रै दाना उत्पादन भइरहेको छ ।

    आफूले १७ मुखेसम्म रुद्राक्षको दाना फलाएको उहाँले दाबी गर्नुभयो । उहाँको अनुसार रुद्राक्ष दानाको बजार मूल्य हुँदैन । जुन व्यापारीले बढी मोलमोलाई गर्छ उसैलाई बिक्री गर्ने गरेको उहाँको भनाइ छ । आफूले १७ मुखे रुद्राक्ष दाना फेला पार्दा एक लाख रुपैयाँमा बिक्री गरेको उहाँले बताउनुभयो । राम्रो एउटा रुद्राक्षको बोटको करिब ८० केजीसम्म दाना फल्छ । २५, २६ र २७ एमएम साइजको रुद्राक्ष दानाले बजार मूल्य राम्रो पाउने उहाँले बताउनुभयो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology