२१ जेठ, सोलुखुम्बु – नयाँ शक्ति पार्टी नेपालले सोलुखुम्बुका पाँच गाउँपालिकाको प्रमुखको उम्मेदवार छनौट गरेको छ ।

नयाँ शक्तिले बाँकी रहेका गाउँ तथा नगरपालिकामा भने संघीय समाजवादी फोरमसँग छलफल गरी उम्मेदवार टुंगो लगाउने नेता सुनिल खड्काले जानकारी दिए ।
नयाँ शक्तिले लिखु पिके गाउँपालिकामा मुनिन्द्र बस्नेत, सोताङ गाउँपालिकामा प्रेमबहादुर राई, महाकुलुङ गाउँपालिकामा रामबहादुर खड्का, दुधकोशी गाउँपालिकामा चन्द्रप्रसाद घिमिरे र दुधकौशिका गाउँपालिकामा मनिकुमार तामाङलाई प्रमुखको उम्मेदवार बनाएको छ ।
उपाध्यक्ष र वडाको उम्मेदवारको चयन पनि संघीय समाजवादी फोरमसँग गठनबन्धन गरी अघि निर्णय गर्ने गरी छलफल भई रहेको नयाँ शक्तिले जनाएको छ । उम्मेदवार घोषणा गरिएको स्थानमा चुनाबी कार्यक्रम शुरु गरिएको खड्काले बताए ।
फेाटेा समाचार सेालुखुम्बू समाचार
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology