• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साताको सेयर बजार दुर्ई अर्ब ६९ करोडको कारोबार

साताको सेयर बजार दुर्ई अर्ब ६९ करोडको कारोबार


समायोजन खबर
  • शनिबार, जेष्ठ १३ २०७४

  •  

    nepse

    काठमाडौँ, जेठ १४ गते । धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ ।

    यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ ।

    गत साता १५५ कम्पनीको रु दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार बराबरका ८३ लाख २६ हजार दुई २२० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३४ अङ्कले बढेर अन्तिम दिन १६२९.५८ अङ्क पुगेको छ ।

    यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१३ अङ्कले बढेर ३४५.९९ अङ्कमा आइपुगेको छ ।

    यस साता कारोबार रकमको आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ७६ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।

    त्यसैगरी, कारोबार भएको सेयर सङ्ख्याको आधारमा ललितपुर फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको चार लाख ४४ हजार कित्ता सेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology