• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सौर्य ऊर्जामार्फत सिँचाइ

सौर्य ऊर्जामार्फत सिँचाइ


समायोजन खबर
  • शनिबार, जेष्ठ १३ २०७४

  •  

    भद्रपुर, जेठ १४
    झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् ।

    वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर बोरिङबाट पानी निकालेको छ । रु १५ लाखको लागतमा डिभिजन कार्यालयले सिँचाइको व्यवस्था गरेको डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।

    सौर्य ऊर्जा प्रयोग गरी बोरिङबाट पानी निकाल्न १४० वाटको २४ वटा प्यानल जडान गरेको छ । एक हर्ष पावरको पम्प जडान गरी बनाएको सौर्य ऊर्जा सिँचाइको सिँचाइ विभागका उपनिर्देशक वासुदेव लोहनीले आज उद्घाटन गर्नुभयो ।

    बोरिङबाट प्रतिसेकेन्ड तीनदेखि पाँच लिटर अर्थात् एक दिनमा ५० घनमिटर पानी आउने र यसबाट लगभग २५ बिगाहा खेत सजिलै सिँचाइ गर्न सकिने तिवारीले बताउनुभयो ।

    रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology