
काठमाडौ । किराँती भाषा, लिपी, मुन्दुम र संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्न स्थापना भएको किराँत राई यायोक्खा नेपालको प्रवास शाखा ‘किराँत राई यायोक्खा जापानले’ उभौली साकेला सिली नाँच अर्थात् येले संम्बत ५०७७ भूमीपूजा गत आईतवार टोक्योस्थित हाईजी भन्ने ठाउँमा भव्यताकासाथ मनाएका छन् ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंग जापानका अध्यक्ष पासाङ्ग शेर्पा, एनआरन जापानका उपाध्यक्ष टासि लामा, लगायतका बिभिन्न संघसंस्था तथा संगठनका प्रतिनिधीहरु, पत्रकार, किराँत तथा गैर किराँत जापानबासी नेपालीहरूको बाक्लो उपस्थितीमा उतm साकेला कार्यक्रम भएको हो ।

नेपाल आदिबासी जनजाति महासंग जापानद्घारा किराँत राई यायोक्खा जापानलाई जूनसुकै अबस्थामा पनि सहयोग, साथ दिने नेपाल आदिबासी जनजाति महासंग जापानका अध्यक्ष पासाङ्ग शेर्पाले बताए । किराँत राई यायोक्खा जापानका सह–कोषाध्यक्ष सेमीना राई, तोचुकी केनको प्रतिनिधी बिमन (किराँती) राई लगायतले आगन्तुक पाहुनाहरूलाई शूभकामना मन्तव्य दिएका थिए ।

किराँत राई यायोक्खा जापानका सल्लाकार संजीब राईले सन्चालन गर्नु भएको कार्यक्रममा यायोख्खाका पदाधिकारी राजकुमार राईले किराँती विधीसम्बद पूजा गरी औपचारीक साकेला नाचको सुरु गरेका गर्नुभएको थियो । वर्षमा दुई पटक किराँती समुदायले मनाउँदै आएको साकेला सिलीलाई जापानमा रहेका किराँत तथा गैर किराँत समुदायले सिली मापाको तालमा सकेला नाच्दै साथ दिएका थिए ।

समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology