• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी  

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी  


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ५ २०७४

  • इलाम, जेठ ६गते  । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ । पचास रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थान, सीमापारि दार्जिलिङ र पश्चिमा देशका पर्यटक पुग्न थालेका छन् ।

    पोखरी र पर्यटकको आकर्षणका लागि चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले पोखरीमा विभिन्न प्रजातिका आठ हजार माछाका भुरासमेत छाडेको छ ।

    वातावरण सन्तुलन र पर्यटन विकासका लागि पोखरीको विस्तारले ठूलो मद्दत पुगेको सरोकारवालाको भनाइ छ । “जिल्लाकै नयाँ र फरक गन्तव्यको रूपमा विकास भएको पोखरीलाई प्राकृतिक ढङ्गले साजसज्जायुक्त बनाउँदै पर्यटकलाई आकर्षित गर्न सकिन्छ,” पर्यटन विकासमा सक्रिय युद्ध बैद्यले भन्नुभयो, “आसपासका हाँगेथाम, चोयाटार, जौवारीलगायतका स्थानलाई पनि विकास गर्दै प्याकेज बनाउनु पर्छ ।”

    दलदल अवस्थामा रहेको जमिनलाई पूर्वी मोहोडामा बाँध कसेपछि पोखरी विस्तार भएको हो । गुरुयोजना बनाएर यसको विकास गर्नुपर्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । पोखरी निर्माणका लागि मेची पहाडी विकास समितिले रु १० लाख उपलब्ध गराइसकेको छ ।

    तीन वर्षअघि संरक्षण सुरू गरिएको पोखरीमा डुङ्गा सञ्चालनको तयारी भइरहेको छ । “डुङ्गा सञ्चालन गरिएपछि पर्यटकको आकर्षण थपिने विश्वास लिएका छौँ,” संस्थाका उपाध्यक्ष निरबहादुर फागोले भन्नुभयो ।

    पोखरीमा पानी भरिएपछि नयाँ प्रजातिका चरा समेत आउन थालेका छन् । यो पोखरीमा दुर्लभ ठक्ठके पाइन्छ । पोखरी विस्तार हुनासाथ यस तलका गाउँमा पानीका स्रोत समेत बढेका छन् । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology