• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङलाई फेरी प्रबासबाट एम्बूलेन्स (फोटो फिचर)

खोटाङलाई फेरी प्रबासबाट एम्बूलेन्स (फोटो फिचर)


समायोजन खबर
  • शुक्रबार, जेष्ठ ५ २०७४

  •  

    चिसाङ शेर्पा
    जेठ÷०५ काठमाडौ
    दुई महिनाको फरकमा खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक वटा एम्बूलेन्स प्रदान गरेको छ । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने दुरदराजका सर्वसाधारणको बाध्यता अन्त्याका लागि प्रबासबाट एम्बूलेन्स प्रदान गरिएको समाजले जनाएको छ । कतार, मलेसिया, साउदी, कोरिया लगायतका देशमा कार्यरत युवाबाट संकलन गरेको १८ लाख रकमबाट एम्बूलेन्स खरिद गरेर उपलव्ध गराइएको खोटाङ सेवा समाज दोहा कतारका सचिव पर्शुराम श्रेष्ठले बताउनुभयो । खोटाङ सेवा समाजले शुक्रबार दिक्तेलस्थित श्रेष्ठ होटलमा कार्यक्रम गरेर खोटाङ एकता सेवा समाजलाई एम्बूलेन्स हस्तान्तरण गरेको छ । हस्तान्तरण लगत्तै प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले एम्बूलेन्स उदघाटन गर्नु भएको थियो ।

    यसअघि, खोटाङ सेवा समाज यूकेले जिल्लालाई चैत्र २६ गते एकैसाथ ७ वटा एम्बूलेन्स उपलब्ध गराएको थियो । दुर्गम गाउँमा बसोबास गर्ने निम्न आर्थिकस्तरका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि एम्बूलेन्स पठाइएको खोटाङ सेवा समाज दोहा कतारका उपाध्यक्ष रुद्र शर्माले बताउनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology