काठमाडौं । पछिल्लो समयमा नयाँ–नयाँ म्युजिक भिडियो सहित दर्शकमाझ चर्चामा छन् ‘कर्मा शेर्पा’ । शेर्पा समुदाय विनित चलचित्र ‘कुसुम’ मार्फत चिनिएका कर्मा यतिवेला भने म्यूजिक भिडियोमा अभिनय र निर्माणमा व्यस्त छन् । वैशाख महिनामा मात्रै उनले ४ भन्दा बढी म्यूजिक भिडियो ‘यूट्युव’ मार्फत दर्शक÷स्रोतालाई पश्किए । ओखलढुंगा जन्तरखानीमा जन्मिएका शेर्पा राजधानीमै कर्मा थलो बनाएका छन् तथापी उनका पछिल्ला म्यूजिक भिडियोहरुमा भने ओखलढुंगाकै विभिन्न मनोरम प्राकृतिक दृश्यहरु कैद गरेका छन् । अत्यन्तै सुन्दर र नेपालको आदि भन्दा बढी हिमश्रृंखलाहरु देख्न पाइने जन्तरखानीको धाप, जिल्लाकै उच्च स्थान देम्बा डाँडा, खिजीफलाटे, चुप्लु लगायतका सुन्दर दृश्यहरु म्युजिक भिडियोमा देख्न पाइन्छ । म्युजिक भिडियो हेर्ने स्रोताले सुन्दर प्राकृतिक छटाहरुलाई नजिकबाट नियाल्दै आनन्द अनूभूत गर्न पाउनेछन् ।

अमेरिकातिर वसोवास गर्ने तर नेपाली संगीत र माटोलाई अत्यन्तै माया गर्ने चर्चित गायक गम्बु शेर्पाको शब्द संकलन र स्वरमा सजिएका गीतहरुमा कर्माले म्युजिक भिडियो निर्माण गरेका हुन् । त्यस्तै, नादिङ गायनका अभियान्त इन्द्र गुरुङको नादिङ गीतको समेत भिडियो निर्माण गरिएको शेर्पाले जानकारी दिए । कर्मालाई अभिनयमा पासाङ ल्हमु शेर्पा, छिरिङ शेर्पा, साङ्गे डोमा शेर्पा, सुजेन मगर, ल्हाक्पा शेर्पा, रञ्जु परियार, आङ फूरी शेर्पा, चन्द्र गुरुङ, पासाङ शेर्पा, ङावा शेर्पा, देण्डी शेर्पा, अर्जुन लगायतले साथ दिएका छन् ।

भिडियोमा कतै सेतम्य फुलेको लाली गुराँस देख्न पाइन्छ भने बहुसंख्याक फुलहरुलाई नियाल्न समेत सकिन्छ । त्यस्तै, हिउँमाथि लुटुपुटु गर्दै युवायुवतीहरु मायाप्रेममा रमेका दृश्यहरुले साँच्चिकै मन लोभ्याउँछ । म्यूजिक भिडियोले विशेष गरी लेकामा गोठालाहरुबीचको मायाप्रितको विषय उठान गर्न खोजिएका छन भने कतै प्राकृतिक सुन्दरतासँगै युवा–युवतीवीच अंकुराउने ‘प्रेम’ लाई व्यक्त गर्न खोजिएको प्रष्टै देखिन्छ ।
म्युजिक भिडियोको अर्को राम्रो पक्ष परिभेष अनुसारको भेषभूषापनि हो । विशेष गरी हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समुदायलाई इंगित गरेर भिडियो छायाँकन भएको देखिन्छ । कलाकारहरुले शेर्पा पहिरनमा नृत्य गरेको दृश्यले हामी सांस्कृतीक पहिचानको दृष्टिले कति धनी छौं भन्ने समेत प्रष्टिन्छ ।
भूपेरिभेष्टित मुलुक भएपनि यायायातको विकास भई दुर्गम क्षेत्रमा समेत गाडीमा पुग्न सहज भएका कुरालाई भिडियोले प्रमाणित गर्छ । खिजीफलाटेको चुप्लु भञ्ज्याङ, जन्तरखानीको बुलबुले, पात्लेको ताकलुङ क्षेत्रको दृश्यहरुमा शहरीय केटा गाडीमा पहिलोपटक गाउँ आएको र हर्षबोध भएका सन्देश दिने दृश्य समेटिएको छ ।

म्युजिक भिडियोमा अभियन, निर्देशनमा कदम अघि बढाईरहेका कर्माले आफूसँगै शेर्पा समुदायका नयाँनयाँ अनुहारहरुलाई समेत स्थान दिइरहेका छन् । उनी भन्छन् ‘प्रतिभावान युवाहरुलाई अवसर दिनु मेरो प्रथामिकताको विषय हो । कतिपयले आफूसँग अदभूत प्रतिभा भएरपनि अवसर पाइरहेका हुँदैनन् र भित्रभित्रै प्रतिभाहरु मरेर जान्छ । त्यसो हुन नदिनपनि नयाँ अनुहारलाई समेटिएको हुँ ।’ नवप्रवेशीहरुलाई काम लगाउन निक्कै गाह्रो भएपनि सिक्ने अवसर प्रदान गर्दै अघि बढाउन प्रेरित गरिरहेको बताए ।
कर्माको निर्देशन र अभिनयमा बनेका म्युजिक भिडियोहरुलाई उनकै कम्पनी शेर्पा फिल्मस्ले बजारीकरण गरेका छन् । आफ्नै कला, संस्कृतीको झलकसहित म्युजिक भिडियोहरु रफतारमा सार्वजनिक हुनुले समुदाय हरेक क्षेत्रमा अघि बढीरहेको प्रमाणित भएको यसले युवाहरुमा चेतनाको विकास र आफ्नोपनलाई जोगाउनु क्रियाशिलता देखिएको भन्दै हिमालन शेर्पा सांस्कृतीक केन्द्रका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले प्रशंसा गरे ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology