समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा नेपालसहित १४ देशका ४० जना चित्रकारहरुले क्यानभासमा लाईभ चित्र बनाईरहेका छन्।
१७ असोजदेखि सुरु भई २१ असोजमा समापन हुने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी अन्तर्गत शुक्रबार बिहानैबाट सोल्मास्थित शुभद्रा मदन फाउण्डेशन, रत्नपार्क, हेलिप्याड, हाँटडाँडा र मझुवागढी क्षेत्रमा लाईभ चित्र बनाईरहेका हुन्। प्रतिकुल मौसमका बावजुत चित्रकारहरुले चित्र बनाईरहेका छन्।
चित्रकारहरुले जिल्लाको दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि यहाँका पाखा, पखेरा, जंगल, खोल्साखोल्सी, खोँच, लेकवेशीका चित्रहरु लाइभ चित्र बनाईरहेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी मूल समारोह समिति संयोजक तीर्थराज भट्टराईले बताए।
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा आएका चित्रकारहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहित छनोट भएका र अन्य नौ वटा स्थानीय तहहरुबाट छनोट तथा प्राथमिकीकरणमा परेका तस्विरहरको लाईभ चित्र कोरिरहेका हुन्।
संयोजक भट्टराईका चित्रकारहरुले बनाएको चित्रलाई २० असोज बिहान भुलभुले अवलोकन गरी दिउँसो सरस्वती माविमा प्रदर्शनी गरिनेछ। समाविमा चित्रकला प्रदर्शनीसँगै स्थानीय परिकारको स्टल, विभिन्न प्रकारका सांस्कृतिक झाँकी प्रदर्शन र सांगितिक कार्यक्रम हुनेछ २१ असोजमा चित्रकारहरु स्वदेश फर्कनेछन्।
लाईभ चित्र कोर्न नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट चित्रकारहरु दिक्तेल आएका छन्।
कार्यक्रमका लागि १८ लाख बजेट छुट्याईएको छ। कार्यक्रममा कूल खर्च ४९ लाख लाग्ने प्रक्षेपण गरिएको छ। यस कार्यक्रमले नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको मेयर भट्टराईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology