• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति,सभामुख,पूर्वप्रधानमन्त्रीले गरे खोटाङ झल्किने जीवन्त चित्रको अवलोकन

राष्ट्रपति,सभामुख,पूर्वप्रधानमन्त्रीले गरे खोटाङ झल्किने जीवन्त चित्रको अवलोकन


समायोजन खबर
  • बुधबार, फाल्गुन ९ २०८०

  • चित्रकला अवलोकन गर्नुुहुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल।

    समायोजन खबर खोटाङ, काठमाण्डौ बबरमहलस्थित कला परिषद नेपालको भवनमा १७ फागुनदेखि मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी जारी छ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाण्डौको संयुक्त आयोजनामा सुरु चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द पौडेलले उद्घाटन गर्नुभएको हो।काठमाण्डौमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल।

    जारी चित्रकला प्रदर्शनीमा नगरपालिकाको कला, संस्कृति र पर्यटन झल्कने गरी ५० देशका चित्रकारले तयार गरेको २१० वटा चित्रहरु प्रदर्शनीमा राखिएको छ।

    नगरपालिकासहित अन्य नौ स्थानीय तहको धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थलहरुको जीवन्त रुपमा उतारिएको चित्र(क्यानभास) राष्टपति पौडेलपछि सभामुख देवराज घिमिरेले मंगलबार अवलोकन गर्नुभयो।सभामुख देवराज घिमिरे चित्र अवलोकन गर्नुहुँदै।

    त्यसको भोलिपल्ट अर्थात बुधबार(आज) पूर्वप्रधानमन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपालले चित्रकलाको अवलोकन गर्नुभएको छ।चित्रकला अवलोकनपछि रायसुझाव लेख्नुहुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल।

    अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपालले खोटाङको कला, संस्कृती र पर्यटनलाई विश्वसामू छिटोभन्दा छिटो जोड्नमा चित्रकला प्रदर्शनीले ठूलो टेवा पुग्ने बताउनुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो।

    अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपालले पुस्तिकामा लिखित राय सुझाव लेख्नुभएको छ। चित्र अवलोकनपछि राय सुझाव संकलन गर्न चार स्थानमा पुस्तिका राखिएको छ। राष्ट्रपति, सभामुख र पूर्वप्रधानमन्त्रीका अलावा उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौला, राजदूत, कलाकार, साहित्यकार, पत्रकार र करीव १५० जना विधार्थीहरुले चित्रहरु अवलोकन गर्नुभएको छ।

    चित्रकला प्रदर्शनी १७ फागनुमा समापन हुनेछ। समापन प्रधानमन्त्रीबाट गराउने नगरको योजना भए पनि प्रधानमन्त्रीले समय दिन सक्ने वा नसक्ने भन्ने विषयमा यक्किन टुंगो लागेको छैन। प्रदर्शनी सकिएपछि २१० वटा चित्रलाई दिक्तेलमा ल्याई संग्राहलय बनाएर राखिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology