
चिसाङ शेर्पा
बैशाख १३÷काठमाडौ
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले खोटाङमा मतपत्र पठाएको छ । निर्वाचनको तयारी स्वरुप आयोगले मंगलबार नेपाली सेनाको हेलीकोप्टरबाट १ लाख ३४ हजार प्रति मतपत्र पठाएको हो । २ सय ६८ बक्समा राखिएको मतपत्र जिल्ला निर्वाचन कार्यालय, मूख्य मतदान अधिकृतको कार्यालय, सुरक्षाकर्मी लगायतको रोहवरमा जिम्मा लिइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
सोलुखुम्बुमा र दिक्तेलमा सेनाको हेलीकोप्टरले आवश्यक मतपत्र पु¥याएको थियो । निर्वाचन कार्यलय दिक्तmेलका अनुशार प्रतिबक्स ५ सयप्रति मतपत्र राखिएको हुन्छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका १ लाख १५ हजार ६ सय ४४ मतदाताले निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १ सय ३६ मतदान स्थल र १ सय ७३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology