
चिसाङ शेर्पा
खोटाङ÷बैसाख १२
युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले ‘निर्वाचनलाई सार्ने बाहनामा टार्ने’ षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार दिक्तेलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले दुई चरणमा सम्पन्न गर्ने बाहनामा निर्वाचनलाई टार्ने खेल सुरु भएको बताएका हुन् । ‘दुई चरणमा निर्वाचन गर्न नसकिने भन्ने होईन, गर्न सकिन्छ । तर महिना दिनको अन्तरालमा गर्न खोज्नुका पछाडि केही अर्थ छ,’ गृह जिल्ला खोटाङ आएका उपाध्यक्ष पौडेलले भने, ‘भारतीय इसारामा वर्तमान सरकार दुई चरणमा निर्वाचन गर्ने होईन नगर्ने खेलमा लागेको छ ।’
निर्वाचनको मिती सार्ने बाहनामा निर्वाचनलाई टार्ने षड्यन्त्रका बिरुद्ध उपाध्यक्ष पौडेलले खोटाङबाट भण्डाफोर र बिरोधका कार्यक्रम गर्ने घोषणा गरेका छन् । ३८ वर्ष पुगेका नागरिक हालसम्म ‘चुन्ने र चुनिने’ अवशरबाट बञ्चित भइरहेको भन्दै पौडेलले निर्वाचन सार्ने षडयन्त्रका बिरुद्ध युवासंघले मुलुकभर आवाज उठाउने बताए । ‘३८ वर्ष पुग्दासम्म देशका नागरिक मताधिकारबाट बञ्चित छन्,’ पौडेलले भने, ‘बाहनाबाजीमा निर्वाचन सार्ने खेलका बिरोधमा हामी भण्डाफोर अभियान सुरु गर्ने छौँ ।’
पौडेलले मधेशी मोर्चाको प्राथमिकतामा निर्वाचन नभै संबिधान संशोधनका माध्यमबाट ‘सम्दी सम्दिनीलाई मन्त्री बनाउने स्वार्थ’ रहेको आरोप लगाए । उनले माघ ७ गतेसम्ममा गर्नुपर्ने तीन वटै तहको निर्वाचनलाई क्रमशः सारेर मुलुकमा अस्थिरता निम्त्याउँदै नेपाल र नेपालका नेतालाई असफल बनाउने खेलमा भारत लागेको दाबी गरे । कतिपय नेपालकै नेता देश नै भारतलाई बुझाउनेगरी भारतप्रति बफादार बनेको भन्दै पौडेलले आलोचना गरे ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology