
काठमाडौ । विश्वका विमानस्थलहरुका विभिन्न चर्चा परिचर्चाहरु पढ्न पाईन्छ । तर नेपालको विमानस्थलमा भने हविगत टिठलाग्दो छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल समस्या नै समस्याको चाङले भरिने घरेको संसदीय समितिले निष्कर्ष निकालेको छ । विमानस्थलभित्रका विभिन्न चार अंगहरु सुरक्षा,भन्सार, अध्यागमन विभाग र कार्गोमा ब्यापक लापरवाहीले विमानस्थलको अवस्था समस्याग्रस्त देखिएको संसदको सुशासन तथा अनुगमन समितिअन्तर्गत उपसमितिको स्थलगत अध्ययनले ठहर गरेको हो ।
विमानस्थल आवद्ध सम्बन्धीतहरुबाट नै निगरानीमा खकुलोपना भएपछि विमानस्थलवाट मानव,मुद्रा, लागुपदार्थ,सुनलगायत तस्करी चोरी,निकासी र पैठारीलगायतका दर्जनौ समस्या रहेको समितिको निष्कर्ष रहेको छ । कहिले सुनकाण्ड त कहिले नोटकाण्डले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अस्तित्व नै धरापमा पार्ने गरेको पाईएको छ । गत पुस २१ मा विमानस्थलवाट ठुलो मात्रमा बाहिरीसकेको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले बरामद गरेपछि माघ २७ मा बसेको समितिको बैठकले त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था सम्बन्धमा अध्ययन तथा सिफारिस गर्न उपसमिति गठन गरेर काम थालेको थियो ।
समितिका संयोजक जनकराज जोशीसहित सांसदहरु कृपासुर शेर्पा,जीतबहादुर गौतम,नगेन्द्रकुमार कुमाल,अम्बिका खवास,मिलनकुमारी राजवंशी र सरिताकुमारी यादव सदस्य रहेको उपसमितिले तयार गरेको प्रतिवेदनमा विमानस्थलका समस्या समाधानका भावी योजनाहरुसमेत औंल्याईएको छ । चाँडै नै समितलिाई प्रतिवेदन बुझाउने संयोजक जोशीले बताए । उहाँका अनुसार “विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा १४ सरकारी,४ अर्ध सरकारी,९ निजी संघसस्था,१ सय ३८ व्यापरिक तथा अन्य संघसस्था र ५ सुरक्षा निकाय गरी १ सय ७१ वटा निकार्य कार्यरत छन् ।” उपसमितिले प्रस्थानतर्फको एक नम्बर गेटको प्रतिक्षा कक्षको पश्चिमतर्फ ढोका पुर्ण रुपमा बन्द नरेहेको बाटो र चौर क्षेत्रबाट प्रतिबन्धित सामानहरु ओसारपसार हुन सक्ने सम्भावना रहेको समेत उल्लेख छ ।
वाल फ्यनमा कभर नभएकाले खाली स्थानबाट कुनै पनि सामान भित्र–बाहिर गराउन सक्ने सम्भावना छ । धुम्रपान गर्ने कोठाको बाहिरपट्टि खुल्ला चौर रहेको उतm क्षेत्रमा विमानस्थलमा कार्यरत कामदारसमेत आवतजावत गर्ने गरेको देखिन्छ । उपसमितिको प्रतिवेदनले विमानस्थलमा पास बोकेका अनावश्यक व्यतिm प्रस्थान गेटभन्दा बाहिर विमान राख्ने क्षेत्रसम्म पुग्ने गरेको समेत औंल्याएको छ । आगन्तुक पासमा पासमा कडाई गर्न नसकिएको,लाईन व्यवस्थापन हुन नसकेकोले चेक ईन,इमिग्रेसन र सुरक्षाजाँच अत्यन्त झन्झटिलो,भीडभाडयुतm हुने गरेको उपसमितिको निचोड छ ।
भन्सारतर्फ एक्स–रे मेसिन अपर्याप्त भएका कारण चेकजाँच गर्न लामो समय लाग्ने,एक्स–रे र कन्भेयर बेल्टमा आउने कतीपय सामाग्री जुध्नगई सामान अड्कने गर्छ,त्यसले सामान प्रभावित पार्ने पर्याप्त अवसर प्राप्त हुन्छ । यस्तै,एकैपटक दुईभन्दा वढि जहाज ल्यान्ड गरेको अवस्थामा भन्सार अस्तव्यस्त रहने र यस्तो वेलामा प्रभावित पार्न अवसर मिल्ने गरेको प्रतिवेदनले देखाएको छ । विदेशवाट आएको शवको बाकस भावनात्मकरुपले जाँच नहुने र एक्स–रे मेसिनमा पनि फिट नहुने भएकाले त्यसवाट पनि प्रभावित पार्ने सम्भावना रहेको संयोजक जोशीले बताए ।
अध्यागमनतर्फ आगमनको ईमिग्रेसनमा भिसा शुल्क संकलनका लागि यात्रुको भीडभाडको समयमा लामो समयसम्म कुर्नुपर्ने हुन्छ । यात्रुहरुको सहजताका निमित्त सहायताकक्ष राखिएको भएपनि जनशतिm नहुने र उपस्थित सहयोगीले पनि राम्रो व्यवहार नदेखाउनु,कार्गोमा एप्रोनदेखी कार्गो भवनसम्म सामान निर्वाध रुपमा ओसारपसार हुन्छ । कार्गो टर्मिनलमा एक्स–रे जाँच सामान एजेन्टलाई दिने बेलामा मात्र हुने गरेको देखिन्छ । विमानस्थलजस्तो संवेदनसिल क्षेत्रमा सम्बन्धित निकायवाट नै निगरानीमा कम भएको कारण मुख्य समस्या हुने गरेको छ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology