२३ चैत्र – निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।
न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका ६६९ अधिकृतहरुलाई आयोगको सोमबार बसेको बैठकले निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो।
वैशाख ३१ गते हुन लागेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतले वैशाख ३ गतेसम्म र निर्वाचन अधिकृतहरुले वैशाख १२ गतेसम्म आफ्नो कार्यालय स्थापना गर्नुपर्नेछ।
निर्वाचन आयोगले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सोलुखुम्बु जिल्ला अदालतका माननीय जिल्ला न्यायधिश प्रकाशचन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।
यसै गरी दुधकोशी गाउँपालिकामा धीरकुमार श्रेष्ठ, खुम्बु पासाङल्हमु गाउँपालिकामा हरिप्रसाद शर्मा र दुधकोशिका गाउँपालिकामा कृष्णप्रसाद खनाललाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आनन्दराज पन्तलाई नेचासल्यान गाउँपालिका, ओमबहादुर सोडारीलाई माहाकुलुङ गाउँपालिका, ढुण्डीप्रसाद निरौलालाई लिखुपिके गाउँपालिका र प्रदिप प्रसाद निरौलालाई सोताङ गाउँपालिकाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

@solukhumbusamachar
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology